काठमाडौं- शुक्रबार नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा वर्षा हुनेछ । त्यसमा पनि प्रदेश १, २, बागमती र गण्डकीका एक/दुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
राति बागमती र गण्डकीका एक÷दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । महाशाखाका अनुसार शुक्रबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।
भदौ १८,
आज कोशी र यसका सहायक नदीहरूमा बहाब सामान्य बढ्ने; नारायणीका सहायक नदीहरू विशेषगरी सेतीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने; मझौला नदीहरु बागमती, तिनाउमा बहाव केही बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। pic.twitter.com/fKHWbSeceD— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 3, 2021
प्रतिक्रिया