गाेरखा- युवा संघ गाेरखाकाे टिम माधव कुमार नेपालको नेतृत्वमा गठन गरिएको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएकाे छ । युवा संघ गाेरखाका इन्चार्ज, सह-इनचार्ज, अध्यक्ष र संयाेजकहरूकाे सयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै नयाँ पार्टीमा समाहित भएकाे जनाएकाे छ ।
गोरखाका इन्चार्ज रेखा तामाङ, सह–इन्चार्ज विश्वज्योति बानीयाँ, अध्यक्ष शिवराज पौडेल र पीपुल्स भोलेन्टियरका संयोजक धुर्व अधिकारीद्वारा जारि गरिएकाे विज्ञप्तिमा भनिएकाे छ- ‘हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी वर्तमान राजनितीक परिवेशमा निकै अपठ्यारो परिस्थितीमा गुज्रीएको छ । देशमा भएको राजनितीक घटनाक्रमले पार्टीमा विधमान संकटपूर्ण अवस्थाको वावजुत पनि पार्टीमा भएका कान्त्रीकारी र लोकतन्त्रलाई माया गर्ने देशभक्त पार्टीका नेता कार्यकर्ताहरु पार्टी निर्माण गर्ने अभियानमा जुटेको अवस्था छ । देशमा भएको कम्युनिष्टहरुको योगदान र इतिहासलाई ध्वस्त पार्न खोज्ने पार्टीभित्रका केही थान दलाल पुजीपतीहरुको कु-कर्मको कारण हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी पुनगठन गर्नु परेको छ । पार्टीको जनवर्गीय संगठन युवा संघ नेपाल पार्टीको विधि विधान घोषणा पत्रलाई सिरो धार्य गर्दै पार्टीलाई परेको यो संकटको घडीमा हातेमालो गर्दै देशभरी पार्टी निर्माण गर्ने संगठन विस्तार गर्ने र कम्युनिष्ट रक्षा गर्नको लागि तयार भएको कुरा पनि सर्वविदितै छ ।’
जिल्लामा कमजाेर रहेकाे नेकपा एमाले एकीकृत समाजवादी गठन भएसंगै झन कमजाेर बन्न पुगेकाे छ । याेसंगै जिल्लामा एमालेका जनवर्गिय संगठनका जिल्ला तहका नेताहरूले माधव पक्षलाइ साथ दिएका छन् । नेपालमा नै गाेरखामा सबैभन्दा पहिला समान्तर कमिटि बनाएकाे माधव पक्षले केहि दिनअधि त्यहि कमिटि एकीकृतमा पार्टीमा परिणत भएकाे घाेषणा गरेकाे थियाे ।
याे पनि,
गाेरखामा एमालेको समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा परिणत
प्रतिक्रिया