गोरखा- आगामी भदौ १० गते राति १२ बजेसम्म जिल्लाभर ‘लकडाउन’ हुने भएको छ । साउन २९ गते बसेको जिल्ला स्तरीय कोभिड ब्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले भदौ १ गते (आज) राति १२ वजेबाट लागू हुने गरि लकडाउन गर्ने निर्णय गरेको थियाे ।
डिसिसिएमसीका एक सदस्यका अनुसार जारि लकडाउनमा जिल्ला भर यातायात, बजार, बैंक तथा बित्तिय संस्था, सेवाग्राहीको चाप धेरै हुने जिल्ला प्रशासन, नापी, मालपोत लगायतका कार्यालयको सेवा बन्द गर्ने निर्णय भएको छ ।
बैठकले खाद्यान्न, तरकारी जस्ता दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसल केही समय खोल्ने र अत्यावश्यक सेवा एम्बुलेन्स चल्न दिने निर्णय गरेको छ । निजी तथा भाडाका सवारी साधनपनि चल्न पाउने छैनन् ।
प्रसासन कार्यालयले अत्याबश्यक बाहेकका सेवा आजबाट बन्द हुने भएको छ । जिल्लामा लामो समयदेखि जारी निषेधाज्ञालाई आजदेखि थप कडाई गर्न लागिएको छ । सोही क्रममा कार्यालयबाट प्रवाह हुने नागरिकता जारी गर्ने, राहदानी सिफारिस, राष्ट्रिय परिचयपत्रको सिफारिस लगायतका सेवा बन्द हुने भएको हो ।
आगामी भदौ ११ गतेसम्म जारी गरिएको निषेधाज्ञा अवधीभर अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालय नखुल्ने जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
लकडाउनको समयमा औषधि, अत्यावश्यक खाद्यवस्तु र दुग्ध पदार्थमात्र विक्रीवितरण गर्न पाइनेछ। तर जिल्लाका व्यवसायीले भने लकडाउनको विकल्प खोजिनुपर्ने भन्दै विराेध गरेका छन् । लामो समयदेखि मारमा परेका व्यापारी व्यवसायीले अझै लकडाउनको मार खेप्न नसक्ने भन्दै यसको विरोध गरेका हुन् ।
पछिल्लाे समय जिल्लाका विभिन्न स्थानमा काेराेनाका विरामी बढेपछि प्रशासनले लकडाउनमा कडाइ गरेकाे हाे । सरकारले आवश्यकता हेरी निषेधको आदेश जारी गर्ने अधिकार प्रजिअलाई नै दिएका कारण स्थानीय प्रशासनले सङ्क्रमणको अवस्थाको आधारमा आदेश कडाइ र खुकुलो बनाउँदै आएका छन्।