+
Search

ताजा अपडेट +

पपुलर +

प्राइम बैंकको नाफा ४४.५६ प्रतिशतले बढ्यो, लाभांश क्षमता १६.६२ %

पालिका लाइभ
२०७८ श्रावण ३०, शनिबार १२:५३ गते

काठमाडौं- प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षमा ४४.५६ प्रतिशतले नाफा बढाएर ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्राइम बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो ।बैंकको ब्याज आम्दानी तथा संचालन आम्दानी बढ्दा नाफा बढेको हो ।

प्राइम बैंकले खुद ब्याज आम्दानी २८.२६ प्रतिशत तथा खुद फि तथा कमिशन आम्दानी ५६.३२ प्रतिशतले बढाएको छ । ब्याज आम्दानीबाट प्राइमले ५ अर्ब ९५ करोड रुपैयाँ कमाएको छ ।

प्राइम बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ । १६ अर्ब ८ करोड चुक्ता पूँजी रहेको प्राइम बैंकको लाभांश क्षमता १६.६२ प्रतिशत छ ।

असार मसान्तसम्ममा प्राइम बैंकसँग १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३५ अर्ब रहेको छ । कर्जा निक्षेप अनुपात ७९.६ प्रतिशत छ । इपिएस २० रुपैयाँ रहेको छ । १५.१ प्रतिशत पूँजीकोष अनुपात रहेको प्राइम बैंकको खराब कर्जा अनुपात १.१९ प्रतिशत छ । ७.२१ प्रतिशत बेसरेट रहेको प्राइमको स्प्रेड ४.०९ प्रतिशत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ