सधैं संगसंगै हिड्ने म सग ती पाइलाहरु,
रोकिए एक्कासी, सधैं सधैंका लागि,
सधैं सगसगै हुने म सग ती साथहरु,
रोकिए एक्कासी सधै सधैका लागि,
सधै हुने, मेरो शिरमाथी, उहाँका ती हात हरु,
रोकिए एक्कासी, सधै सधैका लागि,
सधैं फुट्ने ती बोली, मेरो नाम बोलाउन,
आज रोकिए ती शब्द सधैं सधैं का लागि,
सधैं सधैका लागि।
सधै गौरवका साथ ठाडो हुने त्यो शिर,
सधै सधैं का लागि झुके,
सधैं देखिने ती खुसि, त्यो अनुहारमा,
सधैं सधैं का लागि लुके,
साच्चै कहिल्यै न उठने गरेर, कहिल्यै नदेखिने गरेर,
सधैं सधैं का लागी।।
याे पनि,
आजभोली मलाई हरियो केही चिज नै मन पर्दैन
सधैं निभाउन तत्पर ती साथहरु,
सधैं सधैका लागि छुट्टिए,
सधैं बज्ने ममि का हातका राता चुराहरु,
सधैं सधै का लागि फुट्य,
कहिल्यै नभेट्टिने गरेर, कहिल्यै नजोडीने गरेर,
सधैं सधैका लागी।।।
सधैं कहिल्यै नसकिने मध्येरात सम्म का बातहरु,
सधै सधैं का लागि गायब भए,
सधैं उहाँले प्रश्न सोध्ने अनि मैले उत्तर दिने,
मेरो कलेज को नोटका खातहरु,
सधैं सधैं का लागि सम्झनका मात्र लायक भए,
सधैं सधैं का लागि।।।।
सधैं मुस्कुराउने ती ओठ अनि मुस्कानहरु,
सधैं सधैंका लागि मुस्कुराउन छोडे,
सधै जुर्मुराउने ती खुशी अनि शुख हरु,
सधैं सधैका लागि सुस्ताउन थाले, अस्ताउन थाले,
सधैं सधैं का लागि।।।।।
सधैं घन्टाैं सम्म न काटिने फोन कल हरु,
सधै सधैं का लागि काटिए,
सधैं घन्टाैं सम्म चल्ने ती बहस अनि छल्फल हरु,
सधैं सधैं का लागि सकिए,
सधैं सधैं का लागी।।।।।।
सधै बर्सौ देखि गरिएकाे मल्जल मेरो लागि,
सधैं सधैं का लागि छाडिए,
सधैं दुखको तलाउमा हाम्फाल्ने त्यो ज्यान मेरोलागी,
सधैं सधै का लागि आगोमा बालिए,
सधै सधैका लागी।।।।।।।
सधैं बिहानी सगै उदाउने त्यो हसिलो चेहरा,
सधैं सधैंका लागि बिहानीमै अस्ताए,
सधैं सफलता को उचाई पुर्याउन चाहने त्यो बलियो पखेटा ,
सधैं सधैं का लागि भाचिए,
सधै सधैका लागी।।।।।।।।
सधैं मेरा लागि रित्तिने पाइन्ट का ती खल्तिहरु,
सधै सधैं का लागि आफैसग रित्तिए,
सधैं मेरा खुशिका लागि गरिने ती गल्तिहरु,
सधैं सधैं का लागि नगरिने गरि सिद्दिए,
सधैं सधैंका लागी।।।।।।।।।
सधैं उहाँ लाई कुर्ने, किचन को काठको ठुलो कुर्सी रित्तियो,
उहाँ ले खाना खाने ,चरेस को ठुलो थाल रित्तियो,
यो उता कुनामा कतै लडइरहे, ती दूध खाने कपहरु,
अर्को कुनामा कतै सडिरहे, ती मन खाने गफहरु,
सधैं सधैंका लागी।।।।।।।।।।
याे पनि,
साच्चै मेरो र बुबाकाे ‘म्युचुयल कॉम्बिनेशन’ बहुत गज्जबको छ
कहिल्यै नझर्ने, यी आखामा, आसुहरु,
सधैं सधैं का लागि झरिरहे,
साच्चै कहिल्यै रित्तिएनन यिनिहरु,
सधैं सधैका लागि भरिइरहे,
सधैं आइरहने उहाँका यादहरु,
सधैं सधै का लागि बढीरहे,
सधैं सधैं का लागी।
कहिल्यै नभएका बिछोद को पिडा का छालहरु,
सधैं सधैं का लागि थपिइरहे,
कहिल्यै नभएका दुख का खालहरु,
सधै सधैका लागि खपिइरहे,
सधै आइरहने ती काडा रुपी याद हरु,
सधैं सधैका लागि रोपिइरहे,
दुखको त्यो दिन फेरि कोहि आइ सुनाइ,
दुखेको मन बारम्बार खोपिरहे,
सधै सधैं का लागि।।।।।।।।।।
कहिल्यै नजलेको यो मन,
एक्लोपनको आगोले जलिरहे,
कहिलेइ नफर्किने त्यो अनुहार सम्झेर,
बारम्बार कुरिरहे मेरा यी आँखाहरु, हेरिरहे बाटो हरु,
ढलिरहे दिन, रात हरु ढलिरहे,
तर पनि कुरिरह्यो एक अभागी छोरा,
आफ्नो बाबू फेरि फर्केर आउने आशामा,
सधै सधैं का लागी। सधैं का लागि।
स्वगिय पिता टेकनिधि पाेखरेलकाे सम्झनामा अप्रकाशित ‘सम्झनाका डायरी’बाट