+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका मेयरलाई गिज्याईरहेको ‘गोरखा गेट’

लीलाधर काेइराला
२०७७ चैत्र ९, सोमबार ११:१६ गते

गोरखा– विभिन्न अनियमिततामा मुछिँदै आएका गोरखा नगरपालिकाका मेयर राजनराज पन्तका कारण जिल्ला प्रवेश गर्ने ‘गोरखा गेट’ अलपत्र परेको छ ।

२०७६ चैत्रभित्र निर्माण कार्य सक्ने गरी निर्माण जिम्मा पाएको सुसु इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य सकेको गोरखा गेट अहिले मेयर पन्तका कारण अलपत्र परेको हो ।

करिब ५० लाख लागतका तनहुँ र गोरखा जोड्ने मर्स्याङ्दी पुलनजिकै गोरखा जिल्ला प्रवेश गर्ने मझुवा देउरालीमा निर्माण सकिएको ‘गोरखा गेट’ अहिले सुचारु नहुँदा अलपत्र परेको छ । निर्माण कार्य सकिएको भनिएको गोरखा गेट पहिरो तथा अन्य कारणले अलपत्रमा परेको छ ।

अन्य काम बाँकी छोडेर बेखर भएको निमार्ण कम्पनीले आफ्नो काम सकिएको भन्दै पन्छिएपछि गोरखा गेट अहिले अलपत्र छ । अझ रोचक त के छ भने मेयर पन्तले गेटको उद्घाटन गर्ने समयमा गेटमा गोरखाको पहिचान खुकुरी क्रस राखिने योजना सुनाएका थिए । तर, ती योजना मेयर सुस्ताएसँगै अलपत्र छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन भएको ५० लाख रुपैंया लागतमा बनाउन लागेको गेटको शुक्रवार माघ १० २०७५ मा मेयर पन्तले शिलान्यास गरेका थिए ।

मेयर पन्तले गोरखा गेट उद्घाटन गर्न आतुर रहेको बताउदैं भनेका थिए ‘आउँदो चैतसम्म निर्माण सम्पन्न हुन्छ । निर्माण व्यवसायी संघका गोरखा अध्यक्षले निर्माण गर्ने भएकाले समयभित्रै सम्पन्न हुनेमा हामीलाई शंका छैन’, उनले भनेका छन्’, ‘डिपिआरमा उल्लेख भएअनुसार गोरखा गेटको गुणस्तरका लागि सरोकारवाला सबैले रेखदेख गरिरहनुपर्नेछ ।’

गोरखा गेटमा गोरखालाई चिनाउने अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पहिचान झल्कने खालका चित्रकला एवं सामग्रीहरू पनि राखिने मेयर पन्तले बताएका थिए ।

अलपत्र गोरखा गेट, उद्घाटन कहिले हुन्छ टुङ्गो छैन

मेयर पन्त भने निर्माण कम्पनीको बदमासीका कारण गेट अलपत्र परेको दाबी गर्छन् । ‘यो गेट दुई चरणमा गरी ठेक्का विभाजन भएको थियो । पहिला निर्माण व्यवसायीका जिल्ला अध्यक्षले बनाउनु भयो । दोस्रो चाहिँ लम्जुङतिरकाे निर्माण कम्पनीले जिम्मा पायो तर त्यो काम पनि व्यवसायीका जिल्ला अध्यक्षको कम्पनी नै काम गर्ने सर्तमा पायो । तर, उनीहरूले आफ्नो काम सकिएको भन्दै पन्छिएपछि नगरपालिकाले हप्ता दिन अघि पत्र काटी काम चाडाैं सक्न निर्देशन दिएको छ । ‘

उनका अनुसार ३ महिनाभित्र गोरखा गेटको उद्घाटन हुनेमा ढुक्क छन् । ‘तिन महिनाभित्र निर्माणको काम नसकेकामा हामी कानुनी प्रक्रियामा जान्छौँ । त्यो भनेको ठेक्का रद्दसम्मका हुन्छ । तिन महिनाभित्र निर्माण कार्य नसकेमा ठेक्का रद्द हुन्छ ।’ तर, लगभग नृमानको काम सकिएको गेटमा कसरी ठेक्का रद्द हुन्छ मेयर सा’प ?

गोरखा गेट निर्माणका क्रममा कोभिड-१९, लकडाउन तथा कामदार अभावका भएकाले निर्माण कार्य नसकेको नृमानको जिम्मा पाएको सुसु इन्जिनियरिङले बत्ताएको छ । निर्माण कम्पनी भन्छ–‘कोभिड–१९ को असर तथा कामदारको अभावले नै निमार्ण कार्यमा ढिलाइ भएको हो । लगभग हाम्रो काम सकिएको छ । गोरखाली रबर उघाेग क्षेत्रबाट आएको पहिरो तथा दायाँ बायाँको फुटपाथ मात्र हाम्रो बाँकी काम हो।’

रबर उघाेग क्षेत्रबाट हिउँदे समयमा समेत पहिरो आएको छ । पहिरोको कारण यो गेट नै जोखिममा त पर्ने होइन भन्दै स्थानीय चिन्ता व्यक्त गर्छन्। तर, मेयर पन्त भने त्यो फुटपाथ तथा पहिरो नियन्त्रणकाे काम चाँडै सक्ने दाबी गर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला
Verified by ExactMetrics