+
Search

ताजा अपडेट +

पपुलर +

‘बलात्कार आराेप’मा पालुङटारका वडाध्यक्ष रानाभाट पक्राउ

लीलाधर काेइराला
२०७७ श्रावण १९, सोमबार

गाेरखा– प्रहरीले बलात्कार आरोपमा पालुङटार नगरपालिका वडा न ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पक्राउ गरेको छ। १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि वडाध्यक्ष रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

पीडित बालिका र आमाले दिएको उजुरीका आधारमा वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

‘घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ’ उनले भने ‘केही कानुनी प्रक्रिया बाँकी रहेकाले अहिले नै केही बोल्न सकिन्न ।’

वडाध्यक्ष रानाभाट तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका हुन् । उनी केही समयअघि ‘बजेट निकाल्न ‘किर्ते हस्ताक्षर’ गरेको आरोप लागेको थियो ।

अनुसन्धानमा सघाउन पार्टीको जिम्मेवारीबाट निलम्बन

उता जसपा पालुङटार नगरपालिका इकाईले भने अनुसन्धानमा सघाउन पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको छ ।

का.वा अध्यक्ष देवीमाया गिरिद्वारा हस्ताक्षर गरिएको प्रेस व्यक्तव्यमा भनिएको छ- ‘प्रस्तुत विषयमा पालुङटार नगरपालिका वडा न ४ का वडाध्यक्ष तथा जनता समाजवादी पार्टीका सदस्य ठाकुरकान्त रानाभाट अनुसन्धानका क्रममा हिरासतमा रहनु भएकाले अनुसन्धान प्रक्रियालाई सहज बनाउन तत्कालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको कुरा सम्पूर्ण पार्टी पति तथा शुभचिन्तकहरू समझ जानकारी गरिन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला