+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकारलाई प्रभावित पार्न गोरखा नगरपालिकाका मेयरले बाड्य ‘ल्यापटप’

लीलाधर काेइराला
२०७७ असार २९, सोमबार २१:२२ गते

गोरखा– विभिन्न अनियमतामा मुछिदैं आएका गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले आफ्नो ‘काला कर्तुत’को बचाऊँ गर्न नयाँ जुक्ति लगाएका छन् ।

नगरभित्रको नकारात्मक समाचार नलेख्न दबाब दिने उद्देश्यले मेयर पन्तले नगरपालिकाको कोष दुरुपयोग गर्दै गोरखाका पत्रकारलाई ल्यापटप वितरण गर्न लागेका छन् ।

मेयर पन्तले नेपाल पत्रकार महासंघ गोरखा शाखालाई क्षमता विकास मार्फत पाँच लाख उपलब्ध गराई जिल्लामा रहेका १६ पत्रकारहरूलाई एक थानका दरले ल्यापटप दिन लागेका हुन् ।

जिल्ला भित्र रहेर समाचार लेख्ने आफू निकट केही पत्रकारहरूलाई महासंघ मार्फत ५० प्रतिशत अनुदानमा ल्यापटप वितरण गर्न लागिएको हो । स्थानीय तहबाट लाभका सामग्री लिँदै जाँदा सरकारी सम्पत्ति दुरुपयोग भएको पत्रकारहरू नै बत्ताउँछन्।

‘कसैले ल्यापटप दिएर तिमी स्वतन्त्र पत्रकारिता गर भन्छ ?’, नाम उल्लेख नगर्ने सर्तमा गोरखाका एक पत्रकारले भने , ‘यसरी पत्रकारले ल्यापटप लिने हो भने समाचार लेख्ने बेला ऊ कहीँ न कहीँ प्रभावित हुन्छ। एकातिर हामी स्वतन्त्र पत्रकारिताको कुरा गर्ने अर्कोतर्फ यसरी लाभका सामग्री लिने ? यो विकृति हो।’

महासंघका सभापति किशोरजंग थापा मेयर पन्तका हितैषी मित्र हुन् । उनी मेयर पन्त बेलायत भ्रमणका क्रममा मेयरसँगै गएका थिए । उनी विदेश भ्रमणका क्रममा भएका खर्च विवरण समेत पटक-पटक सूचना अधिकारी मार्फत माग्दा समेत उपलब्ध गराउन असफल भएका मेयर पन्त जिल्लाभित्र सञ्चालित अवैध क्रसर उघाेगका लगानी कर्ता समेत हुन् ।

उनकै सहयोग लिएर ४८ हजार मूल्य पर्ने ल्यापटप केही अनुदानमा जिल्ला भित्रका पत्रकारहरूले प्राप्त गर्न लागिएको हो । नेपाली कांग्रेस पार्टीबाट निर्वाचित मेयर पन्त प्रेस युनियनमा आस्था राख्ने पत्रकारहरूलाई मात्र उक्त अनुदानको ल्यापटप दिन चाहेका थिए ।

तर, त्यसमा विवादमा परिने भएपछि युनियनकै पूर्व केन्द्रीय सदस्य थापा मार्फत पत्रकारहरूलाई अनुदानको ल्यापटप दिन लागेका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला
Verified by ExactMetrics