गोरखा– संघीय सरकारको नीति तथा कार्यक्रमबाट गोरखाका विभिन्न क्षेत्रका योजनामा बजेट विनियोजन गरेको छ ।
केन्द्र सरकारले जिल्लाको पर्यटन र पूर्वाधार विकासमा बजेट प्रदान गरेको हो ।
पर्यटन पूर्वाधार आरुघाट, कालताल क्षेत्र पर्यटन पूर्वाधार चुमनुब्री, गोरखनाथ गुफा पर्यटन पूर्वाधार गोरखा नगरपालिका, रमाइलो डाँडा पार्क निर्माण आरुघाट, बौद्ध गुम्बा निर्माण गण्डकी, गोरखा देखि काठमाण्डौ सम्म एकीकरण पर्यटकीय पैदल मार्ग, धाम्सलिङ्गगढी संरक्षण आरुघाटका लागि बजेट व्यवस्था गरेको छ ।
यसले गोरखाको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने यस क्षेत्रमा काम गर्दै आएका अगुवाहरूले बताएका छन् ।
यसैगरी बेनिघाट आरुघाट हुँदै रुइला नाका चार करोड, बसेरी मान्बु काशीगाउँ, दोभान सडक चार करोड, यमगाउँ खानी गाउँ सडक चारकरोड बजेट विनियोजन भएको छ ।
यस अघि क्षेत्र नं. १ मा पर्ने त्रिशूली नदी माथि गोरखा र धादिङ जोड्ने धावादीघाटमा पक्की पुल, सहिद लखनको करनटार मुग्लिन जोड्ने पक्की पुल निर्माण प्रक्रिया अघि बढी सकेको छ ।
बुढी गण्डकी आयोजना निर्माणमा संकल्प प्रस्ताव पारित भइसकेर वितरणमा बाँकी रहेका घर गोठ, बुट्यानहरू मुआब्जाको ह्रास कट्टा नगरी विस्थापितहरूलाई छिटो वितरण गर्न यस क्षेत्रका सांसदले माग गर्दै आएका थिए ।
गोरखा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत चोरकाटे भालुस्वाँरा भच्चेक सडक चार करोड, पालुङटार विमानस्थल ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
पर्यटन पूर्वाधार, जल नियन्त्रण, सिँचाइ लगायतका क्षेत्रमा समेत बजेट विनियोजन भएको छ । जिल्ला भित्र रहेका सांसदहरूको कोषबाट विनियोजित बजेटबाट विकास निर्माणका कामहरू समेत भइरहेका छन् ।
प्रतिक्रिया