+
Search

ताजा अपडेट +

पपुलर +

फेज नेपालको सहयोगमा गण्डकी र चुमनुभ्रीलाई १२ थान थर्मलन गन

पालिका लाइभ
२०७७ बैशाख ९, मंगलवार

गाेरखा- कोरोनाको सम्भावित संक्रमण जोखिम बढ्न नदिन भन्दै फेज नेपालले गण्डकी र चुमनुभ्री गाँउपालिकालाई १२ वटा थर्मल गन (ज्वरो नाप्ने)उपकरण हस्तान्त्रण गरेको छ ।

फेज नेपालद्धारा प्राप्त थर्मल गन प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडेलले गण्डकीलाई र चुमनुभ्री गाँउपालिकाकालाई प्रतिनिधिलाई ती थर्मल गन हस्तान्त्रण गरेकन हुन्।

प्रमुख जिल्ला अधिकारीको कार्यालयमा आयोजित एक कार्यक्रम बिच गोरखा जिल्लामा कार्यरत गैर सरकारी संस्थमा कार्यरत साझा मञ्च गोरखा डेभलपमेन्ट फोरमका सदस्य राम सापकोटाको समन्वयमा सो उपकरण प्रजिअले हस्तान्त्रण गरे ।

गण्डकी गाँउपालिकालाई ५ र चुमनुभ्रीलाई ७ वटा थर्मल गन हस्तान्त्रण गरिएको डेभलपमेन्ट फोरमका सदस्य सापकोटाले बताए ।

यस्तै, बारपाक सुलिकोट गाँउपालिका र भिमसेनथापा गाँउपालिकामा समेत अाजनै थर्मल गन प्राप्त हुनेछ ।

यसअघि, युएनडीपिले गोरखा तथा पालुङटार नगरपालिका, धार्चे, सिरानचोक, गण्डकी, आरुघाट,शहिदलखन र अजिरकोट सहित ८ वटा पालिकालाई ८० थान थर्मल गन हस्तान्त्रण गरिसकेकाे छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ