+
Search

ताजा अपडेट +

पपुलर +

जनतामा भ्रम छर्दै सांसद दवाडीको ‘लोकप्रिय बन्ने तरिका’

लीलाधर काेइराला
२०७६ माघ १७, शुक्रबार २०:०५ गते

गोरखा- बिहान उठ्ने बित्तिकै अजिरकोट गाउँपालिका-५, मुच्चोकमा आवाज आयो- ‘झ्याल्ला वोलाङ भच्चेक’ सडकको उद्घाटन एवम् सडकका पूर्व समिति र सरोकारवालाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेकाले स्थानीयलाई उपस्थिति हुन आग्रह गर्दै माइकिङ भयो ।

भने, अर्को तर्फ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको विशेष आतिथ्ययतामा कार्यक्रम हुने भन्दै हल्ला पनि चलाइयो । वडा नम्बर ५ का वडा सदस्य राजकुमारी देवकोटाले समेत थाहा पाएर कायक्रममा जाने तयारी गरिन् । तर, कार्यक्रम भने नेपाली कांग्रेस पार्टीको आयोजनामा हुने भएको जनाकारी पाएपछि उनी पछि हटिन् ।

तर मुख्य कार्यक्रम त गोरखा क्षेत्र नम्बर २ ‘ख’ का सांसद प्रकाशचन्द्र दवाडीको आतिथ्यमा हुन लागेको सुनेर वडा सदस्य देवकोटा पार्टीको आन्तरिक कार्यक्रम भएर उपस्थित भइन् । उनी भन्छिन् ‘पूर्व सूचना दिदां सडकको कार्यक्रम भनियो र कार्यक्रममा जाने सुरसार गरे । पछि बुझ्दै जाँदा पार्टीको कार्यक्रम भन्ने थाहा पाएपछि जान उचित लागेन । त्यसैले म पार्टीको कार्यक्रममा नगएको हो ।’

सडकको सम्मान भन्दै पार्टी प्रवेश

तर, घटना नाटकीय पारामा भएछ । नागरिक समाज, झ्याल्ला भच्चेक सडकका उपभोक्ता र केही कांग्रेस सम्बद्ध कार्यकर्ता राष्ट्रिय झन्डा राखेर कार्यक्रम गर्दै गरेको र जो त्यहाँ जान्छन् उसलाई समातेर हात मिलाउन लगाउँदै फोटो खिच्दै गरिएछ ।

कार्यक्रममा गण्डकी प्रदेशबाट विनियोजित झ्याल्ला भच्चेक सडकको पचास लाख बजेट कांग्रेसको पहलमा भएको र आफूहरूले उक्त सडक छिटोभन्दा छिटो ग्राभेल गरिदिने भन्दै मन्त्रमुग्ध पारेर भाषण सकाइएछ ।

प्रेम कुमार सुनार, पोश प्रसाद अधिकारी, अंकित रम्तेल, रामजी देवकोटा, सुक बहादुर तामाङ, इन्दिरा देवकोटा, रामचन्द्र देवकोटा, जेम्स दवाडी, जीवनाथ दवाडी लगायतका जसलाई नेकपा परित्याग गरी नेपाली काङ्ग्रेस प्रवेश गरेको भनी सांसद दवाडीले आफ्नो सामाजिक सञ्जालमा प्रचार गरे ।

सांसद दवाडीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘अजिरकोट गाउँपालिका वडा नम्बर ५ स्थित झ्याल्लाफाट,ओलाङ्ग लगायत विभिन्न स्थानहरूबाट दर्जनौँ जुझारु तथा सक्रिय युवाहरू नेकपा परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँहरू सम्पूर्णमा हार्दिक स्वागत तथा बधाई व्यक्त गर्न चाहन्छु । जय नेपाल ।’

युवाहरू भन्छन् – यो कस्तो तरीका हो सांसद ज्यू?

सडकको कार्यक्रम भन्दै पार्टी प्रवेश गरिएको कार्यक्रमपछि थाहा पाएपछि प्रेम लामा र अंकित रम्तेलले गोरखा सन्देशलाई खण्डन गर्न भन्दै टेलिफोन सम्पर्क गरे । पालिका लाइभको टेलिफोन सम्पर्कमा उनीहरूले सांसद दवाडी चर्चामा आउन झुटको सहारा लिएको भन्दै विरोध जनाए ।

उनीहरूले भने- ‘हामीलाई सडकको सम्मान कार्यक्रम भन्दै पार्टी प्रवेश गराएको कार्यक्रम पछि सामाजिक सञ्जालबाट थाहा पायौँ। त्यसैले सांसद दवाडी चर्चामा आउन किन यसरी झुटको सहारा लिए । हामी अचम्ममा परेका छौँ ।’ भ्रामक स्ट्याटस लेखी भेलाको व्यक्तिगत तथा सामूहिक तस्बिर राखेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि अहिले मुच्चोकमा चर्चा चल्न थालेको छ ।

के यही तरिकाले जनताको मन जित्न सकिन्छ ? पार्टी परित्याग गरिएका भनिएकाहरू सांसद दवाडीमा राजनीतिक सत्यता नभएको र देखावटी मात्रै भएको तथा आफूहरू उनको झुट्टो कुराबाट दुखित भएको र अब कहिल्यै विश्वास नगर्ने बताउँछन् ।

हामी त केबल सडकको काम हुने भन्दै हतारिएर गएका थियौँ तर हामीलाई फसाउन खोजिएको रहेछु पार्टी प्रवेश गरिएका भनी सांसद दवाडीले प्रचार गरेपछि ती युवाहरूले पालिका लाइभसँग भने- ‘अब कुनै विश्वास उनीप्रति छैन र हामीहरू कुनै अर्को पार्टी प्रवेश गरेका छैनौ ।’

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला
Verified by ExactMetrics