+
Search

ताजा अपडेट +

पपुलर +

साम्राज्ञी पनि म्यूजिक भिडियोमा

पालिका लाइभ
२०७६ माघ ८, बुधबार १४:४८ गते

काठमाडाैं- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले म्यूजिक भिडियोमा काम गरेकी छैनन् । तर, अब उनले आफ्नो यो नियमलाई भत्काएकी छिन् ।

साम्राज्ञी अब म्यूजिक भिडियोमा देखिने भएकी छिन् । उनले, आफ्नी आमा नेहा आरएल शाहको आवाजमा रहेको तिमी र म बोलको गीतको म्यूजिक भिडियोमा काम गरेकी छिन् ।

रोचक कुरा के छ भने, यो भिडियोमा साम्राज्ञीसँग उनका प्रेमी देवांश जंगबहादुर राणाले पनि मोडलिङ गरेका छन् ।

साम्राज्ञी र देवांशको जोडी रियल लाइफमा हिट छ । अब उनीहरुको म्यूजिक भिडियोले कत्तीको चर्चा पाउने हो, हेर्न बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics