+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरी गाेरखाबाट सुन तस्करी हुन थालेपछि ‘जगत चेक प्वाइन्ट’मा ‘मेटल डिटेक्टर’

लीलाधर काेइराला
२०७६ कार्तिक २५, सोमबार १६:५० गते

गोरखा- पछिल्लो समय गोरखाको उत्तरी क्षेत्रमाबाट सुन तस्करी थालेपछि प्रहरीले आधुजिक प्राबिधिक चेक जाँचको शुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय जगतले चेक प्वाइन्टमा अबदेखि मेटर र डिटेक्टर सहित चेक जाँच जर्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सदरमुकामबाट टाढा र सडक यातायातको समेत पहुँच नपुगेका त्यस क्षेत्रमा हुने गरेको बिभिन्न तस्करीका घटनाले सुरक्षा चुनौती बढ्दै गएको छ । उत्तरी भेगमा सुरक्षा व्यवस्था मजबुत पार्न जिल्ला प्रहरी कार्यालय गोरखाले जगतमा आधुजिक प्राबिधिक चेक जाँचको शुरु गरेको हो ।

प्राबिधिको अभावमा प्रहरीलाई सुरक्षा चेकजाँचमा समस्या हुदै आएको थियो । मेटल डिटेक्टरवाट चेक गर्ने ब्यवस्था मिलाइएपछि चेक प्वाइन्टहरुको सुरक्षा जाँच भरपर्दो, प्रभावकारी र छिटो छरितो हुने प्रहरीले जनाएको छ ।

जगत मनास्लु पदमार्गमा पर्दछ । यो मार्ग भएर स्वदेशी तथा विदेशीहरु दैनिक रुपमा आवत जावत गर्ने गर्दछन । विगतमा यही बाटो भएर चिनबाट सुन तस्करी हुनुका साथै उत्तरी गोरखाको पुरातात्वीक सामाग्रीहरु समेत अबैध ओसार पसार हुने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला
Verified by ExactMetrics