काठमाडाैं- नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बेला बेलामा विवादमा आइरहने नायिका हुन् ।
केहीसमय अघि भने प्रेमीसँगको औधी बोल्ड तस्बिर सेयर गरेपछि उनले दर्शकको नराम्रोसँग गाली खाइन् । रिसको झोकमा साम्राज्ञीले कुकुर भुक्दै गर्छ हात्ती लम्कदै गर्छ भन्दै स्टाटस समेत लेखिन् ।
त्यसपछि त झन् उनको नराम्रोसँग विरोध भयो । अहिले साम्राज्ञीलाई दर्शकले हेर्ने दृष्टिकोण केही परिवर्तन भएको छ ।
यसैबिच साम्राज्ञीले आफ्नो इन्ष्टामा एक भिडियो सेयर गर्दै यति धेरै घृणा किन भनेर प्रश्न गरेकी छिन् । साथै उनले दर्शकलाई आफ्नो बहुमूल्य समय केही राम्रो काम गर्नमा खर्च गर्न समेत आग्रह गरेकी छिन् ।
नेपाली सिनेमा क्षेत्रमा कम समयमा नेम र फेम कमाउँन सफल नायिका हुन साम्राज्ञी राज्य लक्ष्मी शाह । ड्रीम्सबाट आफनो अभिनय यात्रा थालेकी साम्राज्ञीको काम र स्टारडमको चर्चा सधै भयो ।
तर पछिल्लो समय उनी चाहेर वा नचाहेर निकै बिवादमा आउँने गरेकी छैनन् । कहिले झुठो विवादास्पद अभिव्यक्तिको कारण त कहिले उनको प्रेम सम्बन्धको कारण । कुनै न कुनै रुपमा उनी आलोचनामा आउँने गरेकीछिन् ।
पछाडी फर्केर हेर्दा साम्राज्ञी सबैभन्दा बढि आफनो तस्बिरहरुको कारण आलोचनामा आउँने गरेकीछिन् ।
कायरा फिल्मको सुटिङको दौरान ट्याटु खोप्दाको तस्बिरमा पनि उनले निकै गाली खानु परेको थियो भने पछिल्लो पटक साम्राज्ञी र उनको प्रेमीबीचको तस्बिरले सम्भवत उनले अहिलेसम्मकै बढि आलोचना र गाली खेप्नु प¥यो ।
त्यसमाथि उनले झनै आफुलाई नकरात्मक टिप्पणी गर्नेलाई कुकुरको संज्ञा दिएपछि त झनै साम्राज्ञी आलोचित बनिन् । केही दिन अघि मात्र साम्राज्ञीको मारुनी फिल्मको टे«लर सार्वजनिक भएको छ । जुन टे«लर र अन्य कलाकारको खुबै प्रशंसा भईरहेको छ तर साम्राज्ञीको खासै छैन ।
तस्बिर भन्दा पनि उनले आलोचकहरुलाई कुकुर भनेपछि त्यसले यहाँ निर निकै प्रभाव पारेको देखिन्छ । यसबीच साम्राज्ञीले आफुलाई किन यति धेरै घृणा भन्दै प्रश्न गरेकीछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै उनले किन यतिबेला घृणा भन्दै गुनासोसहित प्रश्न गरेकी हुन् ।
भिडियोमा उनले भनेकीछिन् “राम्रो काम गर्न छोडेर अरुको कुरा मात्र काटेर आफनो समय फाल्नेहरुप्रति म माफी माग्छु । किन यति धेरै घृणा ? अरुको मुहारमा खुसी देख्न नसकेर यसबाट तपाईले के पाउँनुहुन्छ ? यस्तो महसुस भईराछ की मलाई यो सब चीजबाट छुटकारा चाहिएको छ” ।
साम्राज्ञीले यसरी गुनासो पोखिरहँदा कतिले उनको समर्थन गरेका छन् भने कतिले उनलाई सुझाव पनि दिएका छन् । साम्राज्ञीको अब दुई फिल्म रिलिज हुने तयारीमा रहेका छन् ।
मारुनी भदौ १३ र रातो टिका निधारमा दशैमा रिलिज हुँदैछ । साम्राज्ञीको अभिव्यक्ति र उनको गतिविधिहरुले यी फिल्महरुलाई प्रभाव पार्ला वा नपार्ला भन्ने चाही केही समय कुर्नै पर्छ ।
प्रतिक्रिया