+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटार महोत्सव : उघाेग वाणिज्यलाई ‘क्रस’ गर्ने चेम्बर अफ कमर्सको रणनीति

फाइल तस्बिर
लीलाधर काेइराला
२०७५ माघ २१, सोमबार

गोरखा– पालुङटारमा फागुन महिना भरी रमाइलो हुने कार्यक्रम रहेको छ । जिल्लाको गोरखा नगरपालिका पछिको ठुलो नगरपालिका रहेको पालुङटार नगरपालिकामा दुई समुहविचकाे ‘हड’का कारण फागुन महिनाभरि नै रमाइलो हुने भएको हो ।

एकै समय एकै ठाउँमा त्यो पनि पालुङटारकाे विकास गर्न भन्दै महोत्सव गर्न तम्सिएका उघाेग बाणिज्य संघ, पालुङटार इकाई र चेम्बर अफ कमर्स, पालुङटार इकाईले फरक-फरक समयमा पालुङटारमा महोत्सव गर्न भन्दै प्रचार प्रसारमा त्रिव्र पारे, तर किन एकै समयमा एकै स्थानमा दुई संस्थाले यस्तो आँट गरे त ! आज हामी यस विषयमा चर्चा गर्ने छौँ । पालुङटारमा सामाजिक क्षेत्रमा सक्रिय युवा किरण गिरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘पालुङटारमा अहिले गुलियो चिया गफ वा मिठो सितन गफ बनेको विषय ‘एकै समय दुई महोत्सव’ ! मैले एउटा युवा क्लबको हैसियतले दुवै आयोजक सङ्गै छुट्टाछुट्टै भेट गरी दुबैलाई एउटै ठाउँमा राखी एउटा निष्कर्ष निकालेर ‘पालुङटारमा एक मात्र महोत्सव, भव्य तयारी, तयारीमा सबै स्थानीयको साथ’ भन्ने शीर्षकमा फेसबुकमा प्रस्ट्याउने सपना बोकेको थिए ।’

सबैभन्दा पहिला कुरा गह्रौँ उघाेग वाणिज्य संघकाे आयोजनामा हुने ‘पालुङटार लिगलिग महोत्सव’का बारे ।

गत माघ ३ गते बिहीबार संघले पालुङटारमा पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजना गर्ने घोषणा गर्याे। उसले महोत्सव गर्नका लागी करिब ३५ लाख खर्च लाग्ने भन्दै पत्रकार सम्मेलन गर्दै भनेको छ ‘स्थानीय कला र संस्कृतिको संरक्षण सँगै पर्यटन प्रवर्द्धनका लागी महोत्सव गर्न लागिएको हो।

संघकाे कुल सदस्यता पालुङटारमा मात्रै करिब ३ सय हाराहारी रहेको दाबी गरेको छ । त्यसैले स्थानीय स्तरमा संघ बलियो छ । नगरपालिका र विद्यालयले पनि संघलाई नै अनुमति तथा मैदान पनि उपलब्ध गराएको छ ।

‘हामीलाई क्रम गर्न उहाँहरूले महोत्सव आयोजना गर्नुभएको हो । हामीले उहाँहरू भन्दा पहिला नै नगरपालिका र विद्यालयसँग अनुमति मागी सकेका छौँ । त्यसैले हाम्रो सबै कार्यक्रमहरू फिक्स भइसकेको छ’, संघका इकाई अध्यक्ष आशिष देवकोटाले भने ।

अब कुरा गह्रौँ, चेम्बर अफ कमर्सको । जिल्लामा केही महिना अगि स्थापना भएको चेम्बरको खासै बाक्लो सदस्यहरू नभए पनि पालुङटार म नै किन उसले उघाेग वाणिज्यलाई क्रस गर्न महोत्सव आयोजना गर्याे त ? पालुङटार इकाईमा चेम्बरको ३० जनाका हाराहारीमा सदस्य रहेको दाबी गरेको छ । स्थानीय स्तरमा संघभन्दा न्यून मात्रामा सदस्य रहेको चेम्बरले किन आफ्नो उपस्थिति देखाउन चाहन्छ ?

स्थानीय स्तरमा क्रियाशील युवाहरूले भने दुवै समूहलाई ज्ञापन पत्र लेख्दै संयुक्त रूपमा महोत्सव आयोजना गर्न आग्रह गरेको छ । सात युवा समूहद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ।

‘आम पालुङटारवासीकाे मर्म र भावना विपरीत कुनै दुई संस्थाको संस्थागत, व्यक्तिगत वा राजनीतिक लडाइमा एकै समयमा दुई महोत्सव गर्नाले पालुङटारलाई नै सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक एवं पर्यटकीय रूपमा नोक्सान पुर्‍या उदै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै पालुङटारकाे छवि धमिलिने अवस्था आएको छ ।’

पत्रमा एकताको उद्यम थलो भएको भन्दै एकता, मैत्री सद्भाव, बन्धुत्व र भाइचाराको सन्देश सम्प्रेषण गर्न भन्दै दुवै समूहलाई एउटा मात्र महोत्सव गर्न आग्रह गरेको छ । उद्योग वाणिज्य संघले मात्र आधिकारिक अनुमति लिई तयारी सुरु गरेकाले नगरपालिकाले उद्योग संघलाई मात्र सहयोग गर्ने बताएको छ । सोही आधारमा माझाटार खेल मैदान भवानी माध्यमिक विद्यालय संघलाई उपलब्ध गराइसकेको विद्यालयले जनाएको छ ।

नगरपालिकाको धारणालाई आधिकारिक मान्ने हो भने मैदान र अनुमति नै नपाएको कमर्सले ‘ऐतिहासिक प्रथम पालुङटार महोत्सव’को प्रचार गर्दै हिँड्नु मुर्खाता हो ।

गिरी लेख्छन् ‘हुन त दुवै वा कुनै एक मात्र महोत्सव भए पनि ‘कोही केही हुने होइन, प्रधानमन्त्री नै वा मेयर नै हुने होइन’ यद्यपि ५००/१००० मात्र व्यवसायी भएको पालुङटारमा यति सम्मको जात्रा देखाउन आवश्यक थिएन ।’ उनी आयोजनालाई थप सुझाव दिन्छन् ‘अझै पनि समय छ, तपाइहरुको संस्थागत, व्यक्तिगत वा राजनैतिक लडाइँमा पालुङटार चेपिनु भएन । आउनुहोस् बहस गरौँ, म जस्तै कन्फ्युजनमा परेका पालुङटार बासीलाई प्रस्ट पारौँ अनि गर्ने छन् खुलेर सहयोग, अनि सफल हुनेछ पालुङटार ।’

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला