+
Search

ताजा अपडेट +

पपुलर +

लियो क्लब गोरखाले सहिद दिवसमा स्टेशनरी बितरण र दिप प्रज्वलन कार्यक्रम गरी सहिदलाइ सम्झीए…..

पालिका लाइभ
२०७५ माघ १७, बिहीबार १०:०० गते

गोरखा- जिल्लामा सक्रिय युवाहरुको समुह जस्ले बिगत ३० बर्षदेखि बिभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ । पछिल्लो समय जिल्लामा अझै सक्रिय रुपमा निरन्तर सामाजिक कार्यमा आफुलाई तल्लिन गराउदै आएको क्लब हो लियो क्लब अफ गोरखा ।

माघ १६ अथार्त सहिद दिवसको अवसरमा जिल्लामा खासै सहिदको सम्झना र बिशेष कार्यक्रम भएको थिएन तर क्लबले भने देशको लागि हासी हासी आफ्नो देह त्याग गर्ने महान योग्दाहरुलाई सम्झने र कुनै सामाजिक कार्य गर्ने निर्णय गर्यो र बिहान ११ बजे शैक्षिक सामग्री सहित सदरमुकाम नजिकै रहेको बिन्धाबासिनी मावि नारेश्वरमा पुगी त्यहाका असाहाय जेहेन्दार र आर्थिक अवस्था न्यून रहेका बिधार्थीहरुलाई शैक्षिक कार्यक्रम बितरण गरिएको क्लबले जनाएको छ ।

त्यस लगतै साझ ६ बजे गोरखा बजारको हरमटारि चोकमा दिप प्रज्वलन गरी सहिदको सम्मान र सम्झना गरेका हुन् । जहा जिल्लामा सक्रिय अन्य क्लब हरु लायन्स क्लब अफ गोरखा, गोरखा जेसिस, रोट्र्याक क्लब अफ गोरखा, रोट्र्याक क्लब अफ गोरखा बज्रमनासलु, सबै क्लबका पदाधिकारी,पत्रकार साथै अन्य स्थानीय जनसमुदायको उपस्थितिमा दिप प्रज्वलन कार्यक्रम गरिएको थियो ।

लियो क्लबका अध्यक्ष लियो यम बहादुर बसेलको सभापतित्वमा भएको कार्यक्रममा, प्रमुख अतिथि लायन्स क्लब गोरखाका सचिव लायन लक्ष्मण बाबु आचार्य, अन्य क्लबका प्रतिनिधिको अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको दिप प्रज्वलन कार्यक्रमका संयोजक लियो अस्मिता थापा मगर ले जनाकारी गराइन ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics