+
Search

ताजा अपडेट +

पपुलर +

मझुवा देउरालीमा ५० लाख लागतमा ‘गाेरखा गेट’, गाेरखा नगरपालिकाका मेयरले गरे सिलान्यास

पालिका लाइभ
२०७५ माघ ११, शुक्रबार १६:११ गते

गोरखा- तनहुँ र गोरखा जोड्ने मर्स्याङ्दी पुलनजिकै गोरखा जिल्ला प्रवेश गर्ने मझुवा देउरालीमा ‘गोरखा गेट’ भन्ने भएको छ ।

गोरखा नगरपालिकाको ५० लाख रुपैयाँको लागतमा बनाउन लागेको गेटको शुक्रवार शिलान्यास गरिएको हो ।

गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले गोरखा गेट उद्घाटन गर्न आतुर रहेको बताए । आउँदो चैतसम्म निर्माण सम्पन्न हुने उनको भनाइ छ । ‘निर्माण व्यवसायी संघका अध्यक्षले निर्माण गर्ने भएकाले समयभित्रै सम्पन्न हुनेमा हामीलाई शंका छैन’, पन्तले भने, ‘डिपिआरमा उल्लेख भएअनुसार गोरखा गेटको गुणस्तरका लागि सरोकारवाला सबैले रेखदेख गरिरहनुपर्नेछ ।’ गेटमा गोरखाको पहिचान खुकुरी क्रस राखिने पनि उनले बताए ।

गोरखा गेटमा गोरखालाई चिनाउने अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पहिचान झल्कने खालका चित्रकला एवं सामग्रीहरू पनि राखिने मेयर पन्तले सो अवसरमा बताए । गोरखा गेटको निर्माण जिम्मा सुसु इञ्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालिले लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics