+
Search

ताजा अपडेट +

पपुलर +

विधेयक पारित भएपछि गगन थापाको आक्रोश : कांग्रेसलाई जसले जिस्क्यायो, त्यो सकियो

पालिका लाइभ
२०७५ माघ ११, शुक्रबार

काठमाडौं – चिकित्सा शिक्षा विधेयक २०७५ दुईतिहाइ बहुतबाट पारित गरेपछि नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाएका छन् । सभामुख महराले जालझेल गरेर कांग्रेसलाई झुक्याएर विधेयक पास भएको आरोप लगाएका हुन्।

उनले भने, ‘सभामुखले स‌‌सदमा छलफल गरेर विधेयक ल्याउने भनेर हामीलाइ जालझेल गर्नु भएको छ। जिम्मेवार सभामुख अब गैर जिम्मेवार देखिए।’

उनले शुक्रबारको सदनमा सरकारले दुई तिहाइको अंकगणितले पेलेर विधेयक पास गरेकोमा विरोध जनाए। उनले विधेयक पास गरेर कांग्रेसलाई जिस्काएकाले अब सरकारविद्ध सडकबाट आन्दोलन गर्ने चेतावनी दिए। उनले भने, ‘सरकारको यो शैलीले कांग्रेसलाई जिस्काएको छ। इतिहासमा कांग्रेसलाई जिस्काउने सकिएको छ। अब हामी सरकारलाई त्यही प्रकारले जवाफ दिनेछौ।’

नेता थापाले समाजवाद ल्याउने सरकारले सरकारी शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेको पनि आरोप लगाए । ‘यसको जबाफ कांग्रेसले दिन्छ, सभामुखलाई पनि महँगो पर्नेछ’।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ