+
Search

ताजा अपडेट +

पपुलर +

गोरखकाली टायर उद्योग सञ्चालनमा आउने, संचित नोक्सानी १ अर्ब ५० करोड नाघ्यो

पालिका लाइभ
२०७५ माघ ४, शुक्रबार २३:२१ गते

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखकाली टायर उद्योग पुनः सञ्चालनमा ल्याउने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले उद्योगको तिर्न बाँकी अर्बौं बक्यौता तिरेर उद्योग सञ्चालन गर्ने बताएका हुन् ।

टायर उद्योग कर्मचारीलाई तलब नै खुवाउन नसक्ने भएपछि तीन वर्षदेखि बन्द थियो ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले उद्योग सञ्चालनको निर्णय गरेको उको भनाइ थियो । “विगतको अव्यवस्थालाई व्यवस्थामा बदल्दैछौँ,” उनले भने ।

नेपालकै एक मात्र रबर उद्योगको रुपमा रहेको गोरखकाली रबर उद्योग पुर्ण रुपमा बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको छ । गोरखा नगरपालिका १४ मझुवामा ६ सय रोपनीमा सञ्चालित रहेको रबर उद्योग विगत ३ वर्षदेखि बन्द रहेको छ । विगतमा केहि दिन संचालनमा आएपनि उद्योगको लागत खर्च बढेसँगै पुजीको अभाबमा उद्योग बन्द हुन पुगेको हो ।

संचित नोक्सानी १ अर्ब ५० करोड नाघ्यो

२०४१ सालमा स्थापना भएको टायर उद्योग सञ्चालनको लागि पटक पटक प्रयास भएपनि बन्द हुँदा संचित नोक्सानी १ अर्ब ५० करोड नाघेको उद्योगका महाप्रबन्धक दिनेशकुमार बर्तौला बताउँछन् । उद्योग चलाउनको लागि चालू पुजीको अभाब छ उनले भने “५र७ दिनलाई पुग्ने कच्चा पदार्थ त छ, तर उद्योग संचालन हुने वातावरण नै छैन।” स्थापनाकालमा करिब ३० करोड रुपैयाँ लगानी रहेको सो उद्योगले कर्मचारीलाई नियमित तलब खुवाउन मात्रै वार्षिक १२ करोड खर्च लाग्ने उनले बताए ।

किन बन्द भयो उद्योग ?

चालु पुजीको अभाव, दक्ष कर्मचारीको अभाव न्युन उत्पादन क्षमता, चर्र्को ब्याजदर लगायतका कारणले उद्योग विगतदेखि समस्यामा पर्दै आएको थियो । बजेट अभावमा समयमै कच्चा पदार्थ किन्न नसक्नु, मजदुरको बन्द हडताल लगायत उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि उद्योग पुर्ण रुपमा बन्द हुन पुगेको छ । टायर उत्पादनका लागि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थहरु भारत लगायत तेस्रो देशबाट आयात गर्नुपर्ने भएकोले पनि लागत बढ्दै गएको थियो ।

कर्मचारीको इच्छा स्वेच्छिक अवकासमा

उद्योग पुर्ण रुपमा बन्द अवस्थामा पुगेपछि कार्यरत सबै कर्मचारीहरुले स्वेच्छिक अवकास माग गरी निवेदन दिएको बतौला बताउँछन् । तलब पनि नपाउने काम पनि नहुने भन्दै कर्मचारीले स्वेच्छिक अवकासमा जान इच्छा देखाएका छन् बतौलाले भने ‘यस्तो अवस्थामा उद्योग पुन संचानमा आउने अवस्था नै छैन।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics