नेपाल सरकारका श्रममन्त्री गाेकर्ण बिष्टलार्इ बैदेशिक राेजगारीकाे शिलशिलामा इराकमा रहेका एक युवाले खुल्ला पत्र लेखेका छन् ।
बैदेशिक राेजगारीका लागी नयाँ गतव्य खाेजी रहेकाे सरकारलार्इ इराकमा रहेका करिब ५० हजार श्रमिककाे राेजगारी गुम्ने अबस्था अाएपछि पत्र लेखेका हुन् । पाण्डेकाे खुल्लापत्रमा नेपाल सरकार र इराक सरकारबिच जिटुजि (दुर्इ देश हुने सम्झाेता) गरी इराकमा रहेका करिब ५० हजार श्रमिककाे राेजगारीकाे ग्यारेण्टी गर्न अाग्रह गरेका छन् ।
यस्ताे छ श्रममन्त्रीलार्इ लेखेकाे पत्र
नमस्ते माननीय श्रममन्त्री गोकर्ण बिस्ट ज्यु,
अहिले म जीसीसी कम्पनीको क्याम्प प्रबन्धकको रुपमा रुमेला तेल उत्खंनन क्षेत्र जुन बासरा भन्ने सहरमा कर्यारत छु जुन इराक राष्ट्रमा पर्दछ। म जस्ता धेरै नेपाली यहाँ इराकमा विभिन्न कम्पनिमा लगभग ४५ देखि ५० हजार नेपाली कार्यरत छन् ।
यहाँ विभिन्न देश जस्तै, युरोप, अमेरिका, अफ्रीका अनि सार्क राष्ट्रका कामदार कार्यरत छन् । अझ माथि उल्लेखित देशका नागरिक त खुल्ला रुपमा नै आवत जावत गर्छन अनि नेपाली मात्र असुरक्षित छन् भन्ने तर्कमा कुनै तुक छैन।
हैन, भने नेपाल सरकार ले आफ्नै तरिकाले अनुसन्धान गरि एक किसिमको बाताबरण बनाई दिनु पर्यो उही पहिला कै रटान खतरा नै छ भनी हाम्रो रोजगारी गुमाई दिनु त भएन नि । म नेपाल सरकारलाई मेरो कम्पनिमा आएर बुझीदीन, अनुगमन गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
हो त्यो बिसम परिस्थितिमा धेरै मान्छे हाताहती भए, त्यो तितो एथार्थ हो तर त्येसबेला को स्थिति अर्कै थियाे। अहिले त यहाँ त्यस्ताे खतरा छ भन्नु त केवल हामी नेपालीको उखान ‘के बेला आँखा फुटेको गोरुले सधै हरियो मात्र देख्छ’ भन्नु जस्तै मात्र हुन्छ, यहाँ त हाम्रै छिमेकी देशहरु लगाएत भारतको पनि दुताबास छ जहाँबाट ति देशका नागरिक ले सेवा सुविधा लिई आनन्दले काम गरि रहेका छन् ।
हाम्रो देशले नागरिकलाई चोरी छिपी आउने बाताबरण आफै सिर्जना गर्दैछ, भएको रोजगारी छोड्नु पर्ने अनि बेरोजगारी भएर बस्नु पर्ने आबस्था भयो। जसको भिसा छ, कम्पनीको स्पोन्सर छ, अनुबन्दन पत्र छ त्यसलार्इ नेपाल सरकारले श्रम गरेर पठाउदा ,राजश्व पनि र रोजगारी पनि गुम्ने थिएन।
इराकमा हुने रोजगारी भनेको बहुराष्ट्रिय कम्पनिहरुको हो र ति कम्पनीहरुमा सबै कुरा को ग्यारेन्टी भएको हुन्छ। यहाँ हरेक कम्पनिकाे अाफ्नै सुरूक्षा नीति हुन्छ र त्यसकाे अक्षसर पालन कार्यरत हरेक कामदारले पालाना गर्नुपर्ने हुन्छ । यदि पालना भएन भने अाफुले नै राेजगार गुमाउनु पर्ने हुन्छ । त्यसैले ति नियम गर्छन अझ यहाँको सरकारी स्तरबाट पनि नियमित अनुगमन र परिक्षण हुन्छ।
अब म रोजगारीको लागि राम्रो भएर न फेरी फेरी इराक आउदै छु, यदि राम्रो थियन भने किन आउनु, सबै लै आफ्नै देश प्यारो हुन्छ, सबैको चाहना आफ्नै परिवार सँगै बस्ने हुन्छ । तर, ति चाहनाका बिच पनि केहि पाउनलाई त्याग गर्नै पर्ने हुन्छ। अब सुरक्षित रोजगारीको पहिचान र मुल्यांकन होस् ।
अनि त्यसै अनुरुप इराकमा कार्यरत नेपालीको रोजगारी नगुमोस भन्ने नै हो, हामी यहाँ रोजगार मा हुनेहरुको चाहना !अब कुरो आयो नेपाल भित्र को रोजगारी । हामी यहाँ बाट फर्कने हो । के सरकारले रोजगारी दिन्छ । हाम्रो, लाला बाला, आम-बुवा, पाल्न पुग्ने तलब दिन्छ ? पहिला नेपालमा बेराेजगारीकाे समस्या समाधान गराैँ अनि, रोजगारी सिर्जना गरियोस, अनि हामीलाई एरपोर्टमा रोक्नु नै पर्दैन हामी आफै सरकारको जय जयकार गर्दै आफ्नै गाऊँ घरमा परिवारका साथ् बस्छाैँ ।
हो ठीक छ दलालहरुलाई तह लगाउनु पर्छ । तर हामी त रोजगार गर्ने श्रर्मीक हौ । हामीलाई आफ्नै देशको सहयोगको खाचोँ छ। हालसाल मात्रै धेरै नेपालीको आकर्षक रोजगारी गुमेको छ ।किन कि ति श्रमीक फर्कन पाएनन इराकमा काम गर्न र तिनीहरुको सट्टा भारत, श्रीलंका, पाकिस्तान, भुटान, बंगलादेश लगायत अन्य तेस्राे मुलुकबाट धेरै कम्पनिहरुले श्रमीक छनौट पर्क्रिया अगि बढाएको छ । के यी देशका नागरीकको चै सुरक्षाकाे चिन्ता सम्बन्धित देशलाई छैन र ?
यहाँ नेपालीलाई काम राम्रो गर्ने विश्वासिलाे श्रमीकका रुपमा मानिन्छ। अब कुरो घरेलु कामदारको नेपाली चेली हरु जुनसुकै देश गएपनि आफ्नो देशका छिट पुट घटना बाहेक घरेलु कामदारको रुपमा अन्य जुनसुकै देशमा पहिलो पल्ट जादा ६० प्रतिशत सुरक्षित छैनन् ।
त्यसकाे केयाैँ, उदारण भेट्न सकिन्छ, यसकाे यो मतलब हैन कि सबै को हत्या, बलात्कार नै हुन्छ । त्यहाँ जाने श्रमीकले
अन्य विवध तरिकाको कस्ट खेप्नु पर्ला चाहे त्यो भाषाको कारणले होस्, वा अन्य ! प्रमुख कारण चाहीँ भाषा कै कारण रहने गरेको छ ।
सम्बन्धित समाचार-इराकमा रहेका ३० हजार नेपालीकाे राेजगार गुम्दै, भन्छन्- ‘हामी पनि नेपालकै नागरिक हौं सरकार !’
तर पटक पटक घरेलु कामदारको रुपमा विभिन्न देश गएर फेरी जाने चाहना राख्नेहरुलाई सरकारले सहयोग गरि जान दिनु पर्छ। किन की ति चेलीहरुले भाषा र कामको राम्रो दक्खल राखेको हुन्छ र सुरक्षित पनि हुन्छन्। तर कम्पनीमा नेपाली चेली छन् भने ति सुरक्षित नै छन् किन कि त्यहाँ नियम कानुनको पालना गर्नु पर्यो कि तुरुन्तै घर फर्किनु पर्यो र दोभासे अनि अंग्रेजी भाषाको प्रयोग साथै अन्य भाषा सिक्न पाउने मौका पनि रहेको हुन्छ।
अब यहाँ इराकमा, साधारण काम देखि कार्यालय प्रमुख तहहरुमा नेपालीहरुको रोजगारी छ र सबै को तलब, सुबिधा पनि राम्रो छ। यहाँ नेपालीहरु आफ्नै देशको कारणले लगातार ४,५ वर्ष बस्ने अनि नेपाल फर्कने त्यसपश्चात फेरी दलाल खोजेर एरपोर्टबाट छिर्नु पर्ने। यदि यहाँ कर्यरात भिसा भएकाहरुलाई श्रम खोल्दिनु हो भने बढी मा हरेक एक वर्षमा नेपाल आउन पाउँछ ।
वरू सरकारले नीति नियम बनाउनु पर्यो, निम्न पर्क्रिया पुरा गर भन्दिनु पर्यो कामदार चाहिने कम्पनिले त्यो पर्क्रिया पुरा गर्छ । कामदार अनि लान्छ कमसेकम यो पिडा त हुँदैन थियो। धेरै नेपाली को आशिर्वाद पाउनु हुने छ। कृपया समस्या समाधान पाट्टी तदारुकता देखाई दिनु हुन्छ भन्ने आशा छ।