+
Search

ताजा अपडेट +

पपुलर +

बनेपा पुगेर सरकारमाथी खनिए गगन थापा, भने ‘अहिलेको सरकार बलियो भए पनि बरालियो’

पालिका लाइभ
२०७५ पुष २४, मंगलवार १७:०४ गते

बनेपा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाएका छन् । ने

बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नालामा भएको कार्यकर्ता भेलामा थापाले सरकार बलियाे भएकाे भएपनि बरालिएकाे बताएका हुन् ।

उनले भने, ‘संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।’ सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी पाउने स्थिति बनाउन नसकेको बताए । ‘न युवाले बाहिर काम गर्न जान पाएको छ, न त देशमा नै बसर काम गर्न पाएको छ’, उनले भने ।

नेता थापाले नियम अनुसार संसद्मा सांसदहरुले प्रस्ट हुनको लागि प्रश्न सोध्न पाउँने र प्रधानमन्त्रीले त्यसको उत्तर दिनुपर्ने बताए ।

प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई मद्दत गरिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले सदनमा कुरा राख्न आउने तर त्यसमा उठेको कुराको प्रश्न राख्न नदिने कस्तो खालको नीति हो भन्ने प्रश्न गरे।

कांग्रेसका वडा सभापति योगराज दाहालले केन्द्रमा विभिन्न नेताको गुटगत राजनीतिका कारण पार्टी कमजोर भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics