काठमाडाैं- इराकमा अमेरिकन, युरोपियन, अफ्रिकन र सार्क रास्ट्रबाट खुल्लम खुल्ला सरकारकै इजाजतमा कामदारहरु आएर खुल्ला रुपमा काम गरिरहेका छन ।
तर, इराकबाट विदामा नेपाल गएर फर्किएका कम्पनिको भिसा सपोर्टिङ डकुमेन्टहरु हुँदा पनि नेपालिहरु विभिन्न माध्यमबाट सेटिङ गरि धेरै रकम तिरी आउनु पर्ने बाध्यता त्यो पनि बन्द गरिदिदा कतिको रोजि रोटि नै खोसिदै छ ।
यहि तरिका बाट रोजगारी खोसिदै जाने हो भने इराकमा रहेका ५० हजार नेपाली बेरोजगारी बन्ने छन । यात १० बर्ष पछि मात्र स्वोदेश फर्कने छन। इराकमा पहिलाको जस्ताे तितो यथार्थमा छैन ।
नेपाल सरकारबाट प्रतिबन्धित गरे पश्चात् झनै गैरकानुनी रूपमा भिजिट भिसामा नेपालीलाई अलपत्र बनाइ पैसा कमाउनेको जामात निकै बढेको अवस्था छ । त्यसैले सम्बन्धित निकाय मार्फत छिटो भन्दा छिटो यो कार्यलाई सरकारले गहन बनेर सोचोस ।
दलालकाे नयाँ गतब्य बग्दाद
बग्दादमा भएका नेपालीहरुका लागी अहिले अलि सहज छ । तर, नेपाली दलालहरूकाे नयाँ गतब्यका चाँहि बग्दाद पर्दै अाएकाे छ । बग्दादमा धेरै मल्टिनेसनल कम्पनी छ । जहाँ नेपाली कामदार माथिल्लो तह देखि तल्लो तह सम्म काम गर्दैअाएका छन् । बिमाको ग्यारेन्टी कम्पनिले लिएको हुन्छ।
नेपाली कामदारलाई बिश्वासका रुपमा लिने गरेको छ । तलब सुबिधा पनि राम्रै छ । तर आज उनीहरू सबै गैरकानुनी रूपमा का गर्दै अाएका छन् । नेपाल गए पश्चात् भिसा, कम्पनी स्पोन्सर लेटर हुदा सम्म पनि आउन नसकेर धेरैको रोजगार गुमिरहेको छ ।
त्यसैले कम्पनिहरुले नेपाली फर्कन नसकेपछि अन्य रास्ट्रबाट कामदार ल्याउने प्रक्रिया अघि बढाइरहेको छ। ‘त्यही रोजगार थियो र त हामिले आफ्ना परिवार पालेका थियौ अब रोजगार गुमे पछि के नेपाल सरकारले हाम्रो परिवार पाल्न पुग्ने रोजगार दिन सक्छ’ नत्र भने किन यस्तो विभेद हामिमा त्यसैले या त स्वदेशमा नै रोजगारीको सिर्जना गरियोस ।
यात कुट्नितिक पहलबाट हामीलार्इ इराकमा रोजगारीको सदुपयोग गर्न दिइयोस भनी हेल्लो सरकार र श्रम मन्त्रालय सम्म घच्घच्याउदा पनि कुनै रेस्पोन्स नै नगरेका गुनासा छन।
कुर्दिस्तानमा सन् २०१३ पछि कुबेतका महामहिम राजदुत पनि भिजिट गर्दा राेजगारीका लागी इराक राम्राे मुलुक हाे भन्दै नेपाल सरकारलार्इ सिफारीस गरेका थिए । तर, कुर्दिस्तान भनेको इराकको दन्द्द कालमा पनि सुरक्षित हुनको लागि बस्न आउने स्थान हो । जस्तै जनयुद्द कालमा काठमाडाैं जस्तो ।
नेपाल सरकारले प्रतिबन्ध लगाए पश्चात् नै कुर्दिस्तानको भिसा निकाली नेपाली खास गरी नेपाली चेलीहरूलार्इ बग्दादमा बेच्न दलाल हरुलाई सजिलो भएकोछ । घरेलु काममा धेरै खतरा छ भन्ने कुरा सत्य हो तर जो चेलिहरु पट्क पट्क त्यही कामका लाषी सुरक्षित छु भनेर आउन खोज्दा किन नदिने ?
त्यसैले यो विषयलाई नेपाल सरकारले गम्भीर रूपमा सोचिदियोस हामी सम्पुर्ण इराकमा रहने नेपालिहरुको माग हो। कसैलाइ पनि रहर छैन, आफ्नो परिवार छाडेर बिदेश हिड्ने तर यहि बिबशतालाई फाइदा लिएर ४० हजारमा पुग्ने गन्तव्यका लागी दललले २ लाखसम्म मात्र आउनको लागि सेटिङ खर्च र अन्य देशको बिमानस्थलको प्रयोग गर्नु नपरोस हामी पनि नेपालकै नागरिक हौं सरकार।
१२ नेपालीकाे हत्या भएको त्याे दिन
२००४ मा १२ जना नेपालीलाई जोर्डन लैजाने भन्दै दलालले इराकमा ल्याएका थिए । इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो । गैरकानुनी मार्ग प्रयोग गदैं यहाँ आउनेको सख्यां बढ्दो क्रममा रहेको पाइन्छ ।
सोही घटना पछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध फुकुवा गरेको छ्रैन । इराकमै रहेर काम गर्दै आएका करिव ३० हजार भन्दा बढी नेपाली युवा–युवती कामदारलाई भने काम गर्ने अनुमति दिएको छ । अमेरिकी सेन्ट्रल कमान्डले २०६८ अघि आफ्ना नागरिकलाई प्रतिवन्ध लगाएका देशका कामदार फिर्ता गर्न भनेपछि त्यहाँ कार्यरतलाई नेपालीहरू भने काम गर्दै अाएा छन् ।
सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै रहेको वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायीले बताउदै आएका छन् । इराकमा विभिन्न ठाँउमा छरिएका अमेरिकी बेस क्याम्पहरुमा नेपाली सुरक्षा गार्ड, कुक, वेटर, चालक, सिकर्मी, साधारण कामदार, कार्यालय सहायक तथा सुचना प्रवधि सम्बन्धि प्राविधिक कार्यालयमा नेपालीहरु काम गदै आएका छन् ।
३० हजार नेपालीकाे राेजगार गुम्दै
राेजगारीका लागी विभिन्न माध्यमकाे बाटे हुदैँ इराक अाएपनि यहाँ नेपालीहरकाे राेजगारी गुम्ने अबस्थामा छ । नेपाल सरकारले गैरकानुनी भन्दा भन्दै हाल इराकमा ३० हजार नेपाली रहेकाे विभिन्न संस्थाहरूले बताउदै अाएका छन् । नेपाल सरकार र इराक सरकार विच कुटनितिक पहल नगरेमा १/२ बर्षभित्रमा करिब ५० हजार नेपालीकाे राेजगार गुम्ने अबस्था छ ।
यहाँ अाउनका लागी भारत, दुवर्इ तथा अन्य तेस्राे मुलुक हुदैं यहाँ अाउनु पर्छ । नेपालमा बेराेजगारकाे सख्यां बढ्दै जादाँ नयाँ राेजगारीका लागी नयाँ नयाँ गतव्यकाे उदय हुदैँ अाएकाे छ । तर, नेपाली दलालका लागी सबैभन्दा सजिलाे माध्यम इराक बन्दै अाएकाे छ ।