गोरखा- लियो क्लब अफ गोरखाले एक कार्यक्रमका बीच गोरखा नगरपालिका ८ मा अबस्थित श्री रत्न राज्यलक्ष्मी माविका छात्र छात्राका लागि न्यानो कपडा तथा स्कुल पोशाक बितरण गरेका हुन् ।
लामो समय देखि जापानमा रहदै आएकी चितवन निवासी सांग्रिला परियारले स्कुलमा अध्यनरत १३८ जना बिधार्थीका लागी टोपी र मोजा उपलब्ध गराएकी हुन् भन्ने जानाकारी क्लबका सचिव एव सांग्रिलाका पति बालकृष्ण परियारले जानाकारी गराए ।
त्यसै गरि क्लबका सदस्य दिनेश नेपालिको पहलमा नेपालि ग्यांग नामक टीम र कमला सुनुवार बाट प्राप्त स्कुल ड्रेस १३ जना विधार्थीलाई बितरण गरेका हुछ। क्लबका अध्क्षय यम बसेल, बिद्यालयका प्राचार्य, शिक्षक लगायतको उपस्थितिमा उक्त सामग्रीहस्तान्तरण गरिएको हो ।