+
Search

ताजा अपडेट +

पपुलर +

सरकार योजना बद्वरूपमा अगाडि बढि रहेको छ : नारायणकाजी श्रेष्ठ

पालिका लाइभ
२०७५ पुष १४, शनिबार २१:२८ गते

सुलिकाेट (गाेरखा) नेपाल कम्युनिस्ट पार्टीकाका प्रबत्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सरकार याेजना बद्व रूपमा अगी बढिरहेकाे टिपण्णी गरेका छन् । बारपाक-सुलिकोट गाउँ पालिका-१, बारपाकमा प्रभु बैंकको शाखा कार्यालय उद्घाटन गर्दै नेता श्रेष्ठले यस्ताे बताएका हुन् ।

भुकम्प पिडितहरुलाई जसको लाभग्राहीमा नाम निस्केको छैन त्यसको लागि आवश्क सयोग गर्न सरकार याेजनाबद्व रूपमा अगी बढिरहेकाे दावी गरेका हुन् ।

कार्यक्रममा नेता श्रेष्ठले बारपाक-सुलिकाेट गाउँपालिकाकाे समग्र बिकाशमा बैंङकले ठूलो सहयोग पुक्ने र बारपाकको समग्र गुरुयोजना निर्माणमा आगाडि बढेर बिकासलाई अगाडी बढाउनु पर्न धारणा व्यक्त गरेका थिए ।

एक नगरपालिका/गाउँपालिका एक विकास बैंक स्थापना गर्नुपर्ने सरकारकाे प्रावधान अनुसार प्रभु बैककाे शाख कार्यालय उद्घाटन गर्न बारपाक पुगेका नेता श्रेष्ठले सरकारले स्थानिय तहमा कर्मचारी संयाेजन गर्दा अाश्बसक ध्यान दिनु पर्ने दावी गरे ।

प्रभु बैकका प्रमुख प्रबन्धक अशोक अमात्ययकाे अध्यक्षतामा, नेकपा प्रबक्ता श्रेष्ठको प्रमुख आथित्यतामा भएको कार्यक्रमा राष्ट्रिय प्राधिकरणका प्रमुुख शुशिल ज्ञवालीको विशेष आथित्यता रहेको थियो ।

कार्यक्रमा बारपाक सुलिकोट गाउँपलिका अध्यक्ष बिष्णु प्रसाद भट्ट, गण्डकी प्रदेश नेकपा सदस्य भगवती तिबारी, बारपाक सुलिकोट नेकपा समयन्त्र प्रतीनिधि नर ब गुरुङ, वडा न १ का वडा अध्यक्ष रोशन बि. क, २ का अध्यक्ष लालबहादुर गुरुङ, नेपाली कांग्रेसका जित बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics