गोरखा- अजिरकोट गाउँपालिकका अन्र्तगत चनौटे-भच्चेक सडकको स्तरोन्नती हुने भएको छ । बाह्रकिलो बारपाक जोड्ने सडकको चनौटे खण्डबाट, अजिरकोट गाँउपालिकाको केन्द्र भच्चेक बजार जोड्ने यस सडकको कुल लम्बाई १२.३६ किलो मिटर रहेको छ ।
हाल एक लेनको कच्चि अवस्थामा रहेको सडकहुँदै हिँउदको समयमा गाडि गुडे पनि बर्खामा बन्द रहँदै आएको छ । सो सडकलाई बाह्रैमहिना संचालन गर्न सकिने बनाउने उदेश्यले अजिरकोट गाँउपालिकाले यस अर्थिक बर्षमा एक करोड पचास लाख बजेट छुट्टाएको थियो । सोहि बजेट अन्र्तगत राजधानि स्थित रिसर्च ईनोभेशन एण्ड डेभलपमेन्ट कन्सल्टेन्सी प्रा.लीले सो सडकको बिस्तृत अध्ययन गरि सो को प्रतिवेदन गाँउपालिककालाई बुझाईसकेको जनाएको छ ।
अब सडक ५.५ मिटर चौडाईको हुने, १ मिटरको नाली तथा ०.७५ मिटरको किनारा गरि जम्मा चौडाई ७.२५ मिटर रहने गरि सडकको डिजाईन गरिएको, परामर्श संस्थाका ईन्जिनियर उमेश धितालले जानकारी दिए ।
पहिलो चरणमा ७ किमि
यसै बिच गाउँपालिकाले हाल छुट्याएको रकमले डिपिआरमा उल्लेखित सबैकाम नहुने भएकाले, हाललाई पहिलो ७ किलोमिटर क्षेत्रमा पहिलो चरणको काम हुने र थप काम क्रमश हुने, गाँउपालिका स्रोतले जनकारी दिएको छ ।