+
Search

ताजा अपडेट +

पपुलर +

माघे सङ्क्रान्तिका अवसरमा घैरुङ्मा ‘आकर्षक गोरु जुधाई’का साथमा ‘हिमालय देवी कप २०७५’ हुने

पालिका लाइभ
२०७५ पुष १४, शनिबार २०:१२ गते

गोरखा– हिमालय देबी युवा क्लव तथा शहिद लखन गाउँपालिका-६ घैरुङ् पिपलछाप गोर्खाको संयुक्त आयोजनामा ‘माघे सङ्क्रान्ति मेला तथा हिमालय देवी कप २०७५’ हुने भएको छ ।

हिमालय देबी कप पुरुष खुल्ला फूटबल प्रतियोगितामा भाग लिन चाहने समुहले २६ गते बिहान ९ बजेसम्म आ-आफ्नो समूह दर्ता गराइसक्नुपर्ने क्लवका राम गुरुङले जानकारी दिए । शहिद लखन गाउपालिका-६ घैरुङ् पिपलछापमा पौष २६ गतेदेखि माघ १ गतेसम्म मेला लाग्ने जनाएको हाे ।

शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले समुद्घाटन गर्ने फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीलाई ८० हजार नगदराशी सहित, कप, मेडल तथा प्रमाण-पत्रले सम्मान गरिनेछ । त्यसैगरी, दृतिय स्थान हासिल गर्ने प्रतियोगीलाई ३५ हजार नगदराशी सहित, मेडल, प्रमाण-पत्रले सम्मान गरिने आयाेजके जनाएकाे छ।

त्यसैगरी सेमिफाइनलमा २ टिमलाई पन्ध्र हजार रुपैया सहित सम्मान गरिने कार्यक्रम संयोजक निर्मल गुरुङले बताए ।

आकर्षक गोरु जुधाई

माघे सङ्क्रान्ति मेलाको अर्को आकर्षक गोरु जुधाई माघ १ गतेका दिन हुनेछ । गोरु जुधाई प्रतियोगितामा हल गोरु जुधाय बापत प्रथम र दृतिय हुने हल गोरुका मालिकलाई क्रमश दश हजार र पाच हजार नगदराशीले सम्मान गरिनेछ ।

श्री हिमालय देबी युवा क्लव खेलकुद र सामाजिक बिकाशका लागि आयोजना गरिएको उक्त मेलामा पुरुष खुल्ला फुटबल प्रतियोगीता, गोरु जुधाई, कृषि तथ पशु प्रर्दशन , दौड प्रतियोगिता, डोको,चकटी, खुर्पिटेक लगायत हस्तकला प्रतियोगिता, जग्गादातालाई सम्मानका साथै अन्य विविध साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ