गाेरखा- माघेसंक्रान्तीमा बारपाक-सुलिकाेट गाउँपालिका-८, जराङमा जराङ कप खुल्ला नक फुटवल प्रतियाेगिता हुने भएकाे छ । स्थानिय जनप्रेमी युवा क्लबको आयोजनामा जराङको बाक्लो गाउँ खेल मैदानमा माघ १ गतेदेखि ५ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
माघेसंक्रान्तीका अबसरमा स्थानिय स्तरका खेलाडी तथा खेल क्षेत्रको विकासमा सघाउ पु¥याउने उदेश्यले प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा पहिलो पुरस्कार ६० हजार र दोस्रो पुरस्कार ३० हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र रहेको आयोजक क्लबले जनाएको छ ।
यसैगरि उत्कष्ृट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने क्लबका पुर्व अध्यक्ष रमेश बरामले जानकारी दिए । प्रतियोगिताका लागि करीब दुई लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । २५ टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिता एन्फाको नियम अनुसार खेलाईने उनको भनाई छ ।
प्रतिक्रिया