+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय मेलमिलाप दिवस मनाउन कांग्रेसले देशभर खटायो केन्द्रीय प्रतिनिधि: गाेरखामा रामचन्द्र पाैडेल आउँदै

पालिका लाइभ
२०७५ पुष १३, शुक्रबार १७:११ गते

काठमाडौं– नेपाली कांग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप देशभर मनाउने भएको छ।नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको आठ वर्षे निर्वासनपछि नेपाल फर्केको दिनलाई कांग्रेसले मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ।

उनी वि.सं. २०३३ सालको पुस १६ मा नेपाल फर्केका थिए। कोइराला २०२५ सालमा भारत निर्वासनमा गएका थिए। नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा समेत उक्त दिनको अवसरमा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने निर्णय गरेको थियो।

उक्त दिन विविध प्रभावकारी कार्यक्रमहरू, आमसभा, गोष्ठी, र्‍याली, कोणसभा लगायतका व्यापक र वृहत रुपमा सञ्चालन गरी मनाउने पार्टीले जनाएको हो। ७७ वटै जिल्लामा मेलमिलाप दिवस मनाउनका लागि पार्टीले केन्द्रीय प्रतिनिधि खटाएको छ।

कांग्रेसले मेलमिलाप दिवस मनायनका लागी ज्ञानेन्द्रबहादुर कार्कीलार्इ गाेरखा प्रतिनिधिका रूपमा पठाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics