काठमाडाैं- कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तान सुलेमानी इराककाे प्रथम बार्षिकि तथा साधरणसभा सम्पन्न भएकाे छ । इराकाे सुलेमानी स्थित हाेटल पेरिजमा एक कार्यक्रम गर्दै साधरणसभा सम्पन्न भएकाे हाे ।
बैदेशिक राेजगारीका शिलशिलामा इराकमा रहेका नेपालीबिच भार्इचारा समन्ध कायम राख्नका लागी याे समाज स्थापना भएकाे कुर्दिस्तान प्रवासी नेपाली समाजका महासचिव विनाेद श्रेष्ठले बताए । बैदेशिक राेजगारीमा यहाँ अाएका साथिकाे पहलमा सन् २०१३ स्थापना भएकाे याे समाजले अहिले अलपत्र परेका साथीहरूकाे उद्वारमा समेत सहयाेग गरेकाे छ ।
सन् २०१३ मा प्रवासी समाजको नामा स्थापना भएको भए पनि राम्रोसँग काम गर्न सकेन् । समाजले राम्रोसँग काम गर्न नसेकेपछि २०१६ मा बिघटन गरी २०१७ मा कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी राखि पुर्नगठन गरेपछि समाजले प्रथम बार्षिकि तथा साधारण सभा गरेको हो ।
रोजगरीको शिलशिलामा इराकका विभिन्न स्थानमा दुस्ख पाएका नेपालीहरका लागी यो समाजले काम गरिरहेको छ । केहि समयअगि सुलेमानिबाट नै म्याग्दीका छविलाल पाईजा मगरलाई नेपाल पठाउन सफल भएको यो समाज इराकमा राम्रो छाप छोड्न सफल भएको छ ।
स्थापनाकालबाट नै आर्थिक घोटालामा फसेको भएपनि २०१७ बाट भने समाजले नयाँ रूप पाएको छ । स्थापनाकालमा भएका चन्दा संकलन र कार्यक्रमबाट जम्मा भएका आर्थिक हिसाव हस्तान्तरण विना नै समाजले अहिले १३ जना नेपालीलाई नेपाल पठाउन सफल भएको छ ।
बग्दादबाट काली तामाङ, बासु रानी तामाङ र सुमि तामाङलार्इ समाजले उद्वार गरी नेपाल पठाएको छ । घरेलु काममा दलालको पन्जामा परेर बग्दादमा बेचिएका नेपालीहरूलाई समाजको पहलमा उद्वार गरी नेपाल पठाएको छ ।
सन् २०१७/०१८ मा समाजले १० हजार ५ सय अमेरिकि डलर चच्दा संकलन गरेको थियो । दुवै समाजले गरेको सांकृतिक कार्यक्रम लगायत अन्य माध्यमबाट भएको आम्दानीले आपतमा परेका, समस्यामा परेका नेपालीहरूलाई उद्वार गरी नेपाल पठाउन खर्च भएको समाजले जनाएको छ । समाजले यसै कार्यक्रममा समाजलाई सहयोग पुर्याउने सम्पुर्णलाई समान समेत गरेको छ ।