गोरखा- दक्षिण एसियाकै ठुलो समीको रुख जिल्लाको गण्डकी गाउँपालिका वडा नं ३ फुजेलमा भेटिएकाे स्थानियहरूले दावी गरेका छन् । फुजेलमा रहेकाे समीको रुख दक्षिण एसियाकै ठुलो भएको अनुमान गरिएको हाे ।
फुजेलको याग्दीमा रहेको उक्त रुखलाई स्थानीयले आफ्नै पहलमा संरक्षण गरेका छन्। यति ठुलो र धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्त कतै नभेटिएकाले यो रुख नै दक्षिण एसियाकै सबै भन्दा ठुलो रुखमा पर्ने स्थानियहरुको दावी गरेका छन् ।
अहिले रुखको संरक्षण र प्रबद्धनको लागि स्थानियहरु लागि परका छन्। फुजेल पुग्ने जो कोही मानिस पनि यो रुख देखेर अचम्ममा पर्ने गरेका छन् ।
अहिले उक्त समीको रुख हेर्ने मानिसहरुको भिड लाग्ने गरेको छ। यहाँ आउने जो कोही मानिस पनि सो रुखको फोटो खिच्न लालाहीत हुने गरेका छन् । हेर्दा अनौठो लाग्ने सो रुखको संरक्षण र पर्यटकलाई आकर्षित गर्न भन्दै स्थानियहरुले पहल समेत सुरु गरेका छन् ।
स्थानियले रुखको वरिपरी जनश्रमदानमा काँडेतार लागाउनुको साथै शौचालय र पिउने पानीको समेत व्यवस्था गरेका छन् । करिब ३०० वर्ष पुरानो अनुमान गरिएको उक्त रुखलाई धार्मिक दृष्ट्रिकोणबाट पनि निकै महत्वपुर्ण मान्ने गरिएको पाईन्छ ।
रुखको फेदमा सत्यदेवीको मन्दिर रहेकाले पनि यसलाई धार्मिक रुपले पनि महत्वपुर्ण मानिएको हो । उक्त रुखको सम्रक्षणको लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले समेत आर्थिक सहयोग गरेको छ।
सो मन्दिरका पुजारी ललहरी पन्त रुखमा अलौकिक शक्ति रहेको बताउछन् । उनका अनुसार रुखमा जो सुकै मानिस चढे पनि लड्ने भएकाले, कोही पनि नचढ्ने गरेको बताउछन् । रुखमा सर्प जस्ता लगायत अन्य अनौठा आकृति देखिने भएकाले पनि यस प्रति सबैको चासो बढ्न थालेको छ ।
सडक संजालसंग जोडिएको उक्त ठाऊँ गाेरखाबाट भौगोलिक रुपमा करिब १०० किलोमिटरको दुरीमा रहेको छ । पर्यटकीय दृष्ट्रिकोणबाट पनि अति नै सुन्दर ठाऊँ भएकाले र समिको रुख पनि एक पटक हेर्नै पर्ने खालको रहेकाले त्यहाँका बासिन्दाहरु सबैलाई घुम्न आउन निमन्त्रणा समेत गर्दछन् ।
प्रकृतिक सम्पदाहरुको प्रचार प्रसारमा स्थानिय निकायले बिषेश पहल गरेमा रोजगारी सिर्जना गर्न, जनताको जीवनस्तर उकास्न र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान र समग्र गण्डकी गाउँपालिकाको बिकाशमा टेवा पुग्नेछ ।