काठमाडौं- नेपाल आइडल सिजन २ को विजेता रवी ओड बनेका छन्। शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा कैलालीका रवी ओड नेपाल आइडल सिजन २ का विजेता बनेका हुन्।
एपी वान एचडी टिभीबाट प्रशारण भएको सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन २ को विजेता रवीले होन्डा गाडी र नगद २२ लाख रुपैयाँ प्राप्त गरकेा छन्। रवीले आफ्नो जित सबै प्रतियोगी र उपस्थित दर्शक तथा संगीतप्रमेको भएको बताए।

विक्रमले २० लाख रुपैयाँ हात पारेका छन् । सेकेन्ड रनरअप सुमित पाठक बने। झापाका सुमितले १२ लाख बराबरको चेक प्राप्त गरेका थिए। उनले पनि विश्वभर हुने सांगीतिक कार्यक्रममा सहभागीता जनाउने अवसर पाउनेछन्।
नेपाल आइडलको फाइनलिस्टमा पुग्ने एकमात्र महिला प्रतिस्पर्धी अस्मिता अधिकारी चौथो स्थानमा चित्त बुझाउन बाध्य भइन्। उनले स्कुटर प्राप्त गरेकी छन्। त्यसैगरी उनले अन्य प्रतियोगीसँगै विदेशमा सांगीतिक शो गर्न पाउनेछिन्।
अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।
प्रतिक्रिया