गाेरखा- पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढिगण्डकी आयोजनलाई जसरी पनि निर्माण गर्नुपर्ने बताएका छन् ।
दशौं गोरखा महोत्सवको उद्घाटन समारोहलाई सम्वोधन गर्दै उनले अायाेजनालार्इ दलहरुले भकुण्डे खेलेजस्तो खेलिरहेकाे बताएका हुन्।
‘अहिले बुढिगण्डकी जलबिद्युत आयोजनालाई दलहरुले भकुण्डे खेलेजस्तो खेलिरहेका छन्,’ उनले भने,‘ सरकार परिवर्तन हुने बित्तिकै आयोजनाको मोडालिटी परिर्वतन हुने, कसले बनाउने भन्नेमा बिबाद गर्नु गलत छ यसले अयोजनालाई गति दिदैन ।’
राजनीतिक दलहरु बिच अबको प्रतिस्पर्धा बिकास र सम्बृद्धिको मुद्दामा हुनुपर्नेे बताए । ‘बिकासको मुद्दामा अब हाम्रो कुनै झगडा हुदैन, बरु कसले राम्रो सुशासन दिने, कसले बिचार ल्याउने र कसले छिटो बिकास गर्ने भन्ने कुरामा प्रतिस्पर्धा हुन्छ’, उनले भने । गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समाबेसिता सम्बृद्धिको मूल आधार स्तम्भ भएको भन्दै डा भट्टराईले त्यसलाई जोगाएर अघि बढ्नु पर्नेमा जोड दिए ।
‘यि आधार स्तम्भ मध्ये एउटा मात्र कमजोर भयो भने लोकतन्त्रको घर भत्किन सक्छ त्यो गल्ती हामीले गर्नुहुदैन,’उनले भने ‘अब यसका बिरुद्ध बोल्न थाल्यौ भने देश फेरी पछाडी फर्कने खतरा बढन् सक्छ ।’
बिकास र सम्बृद्धिको मूल दिशा संबिधानमा उल्लेख भइसकेको भन्दै उनले राज्यले पूर्वाधार निर्माणमा भूमिका खेल्नु पर्ने र निजी क्षेत्रले उद्योग धन्दा निर्माण र उत्पादनमा लगानी गरी आर्थिक सम्बृद्धिका लागि प्राथामिकता दिनुपर्ने बताए । भट्टराईले राज्यले उपयुक्त लगानी मैत्री निति ल्याएर नीजिक्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए ।