+
Search

ताजा अपडेट +

पपुलर +

छोरा भेट्न पोर्चुगल अाएकी गोरखाकी भद्रिमायाको दुखद् निधन

पालिका लाइभ
२०७५ पुष २, सोमबार १७:४९ गते

लिस्बन– छोरा भेट्न पोर्चुगल आएकी एक नेपाली महिलाको पोर्चुगलमा दुखद् निधन भएको छ । गोरखा जिल्ला गण्डकी गांउपालिका– १, मकैसिङकी ६९ बर्षीया भद्रीमाया थापाको निधन भएको हो ।

६ महिना अघि आफ्ना छोरा राम थापालाई भेट्न पोर्चुगल आएकी थापा केही दिन अगाडी एक्कासी मष्तिष्कघात भई अचेत भएकी थिईन् ।

मष्तिष्कघात भई अचेत भएकी थापाको उपचारका क्रममा बिहीबार राती अस्पतालमा निधन भएको गैर आवासिय नेपाली संघ पोर्चुगलका महासचिव निराजन सुवेदीले जानकारी दिए ।

मृतक थापाको शव हाल सान्ता मारिया अस्पतालको शव गृहमा राखिएको उनले बताए । उनको पोर्चुगलमै दाहसंस्कार गरिने बताईएको छ । मृतक थापाको ६ छोरा र दुई छोरी रहेका छन् ।

पाेर्चुगलबाट भरत प्रधानकाे सहयाेगमा

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ