+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटको घ्याङफेदीमा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु, मृतक तथा घाइतेको उद्धार जारी

पालिका लाइभ
२०७५ मंसिर २८, शुक्रबार २१:३२ गते

काठमाडाैं- नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा आज साँझ मिनिट्रक दुर्घटना भएको छ। अनुमानित ४५ जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको थियो।

दुर्घटनामा परेका अहिलेसम्म १६ जनाको शव फेला परेको गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्यले बताइन्। रातीको समय भएका कारण उद्धारमा कठिनाइ भएको उनले बताइन्। घटनास्थलमा नेपाल प्रहरी पुगिसकेको र सशस्त्र प्रहरीको टोली घटनास्थल तर्फ जाँदै गरेको आचार्यले जानकारी दिइन्। घटनास्थलमा गाउँपालिकाका अध्यक्ष योविन्द्र तामाङ पुगिसकेका छन्।

दुर्घटनामा थुप्रै जनाको ज्यान गएको आशंका छ। गाउँपालिका उपाध्यक्ष आचार्यका अनुसार मिनिट्रकमा ४५ जनाभन्दा बढी सवार थिए। दुर्घटनामा ३० जनाभन्दा बढीकाे ज्यान गएकाे अाशंका रहेकाे जानकारी उनले बताइन्। उद्धारको लागि नुवाकोटका सबै एम्बुलेन्सलाई घटनास्थलमा जान अनुरोध गरिएको छ। स्थानीय तहका स्वास्थ्यकर्मीलाई पनि घटनास्थलमा जान अनुरोध गरिएको छ।


नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीमा २८ मंसीर साँझ मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा परेका १६ जना घाइतेको उद्धार गरिएको छ।

दुप्चेश्वर गाउँपालिका-६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा३ख ३९१३ नम्बरको मिनीट्रक सडकबाट सडकबाट करीब ५०० मिटर तल तादी खोलामा पुगेको थियो। दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार दुर्घटनामा ३ महिला र १५ पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेंशीका रितेश पण्डितको पहिचान भएको छ।

घटनास्थलबाट उद्धार गरिएकामध्ये ७ जनालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ।। बाँकीलाई यातायातका साधन नहुँदा उपचारका लागि पठाउन कठिनाइ भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए। अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ। गाडीमा ४० भन्दा बढी सवार थिए।

सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी बोकेर फर्किरहेको गाडी कच्ची सडकमा उकालोतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो।  घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ