गोरखा- उत्तरी गोरखामा अवस्थित गुरूङहरूले बोलिने भाषा, सस्कार र संस्कृतिमा आधारित रहि बनेको पहिलो चलचित्र फुङ यहि पौष ६ गतेबाट देश व्यापी रूपमा प्रदर्शन हुने भएको छ। प्रितम गुरूङको निर्देशनमा बनेको चलचित्र ‘फुङ’ बने लगतै फिल्ममा प्रयोग भएको भाषाको बिषयलाई लिएर विवादमा तानिएको थियो।
विवाद पछि लामो समय नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिमा रोकिएको उक्त चलचित्र फुङले २०७५ असोज ६ गते मात्र जाँच समितिवाट प्रदर्शनको लागि स्वीकृत पाएको थियो।उत्तरी गोरखाका गुरूङ समुदायको जनजिबन, सस्कार, सस्कृति, भाषामा आधारित रहेर फुङ चलचित्र निर्माण गरिएको निर्माण टिमले जानाकारी गराएको छ ।
उत्तरी गोरखामा बसोबास गर्ने गुरूङ समुदायको सस्कार, सस्कृतिलाई विश्व सामु चिनाई मौलिक सस्कार, सस्कृति र भाषालाई संरक्षण गर्ने उद्देश्यले चलचित्रको निर्माण गरिएको हो ।
उक्त चलचित्रको मुख्य भुमिकामा उत्तरी गोरखाकै कलाकारहरू आइतराम गुरूङ, बुद्ध गुरूङ, मिरा गुरूङ, सलिना गुरूङ, तुल बहादुर गुरूङ, धन बहादुर गुरूङ, खगेन्द्र गुरूङ लगायतका कलाकारको अभिनय रहेको छ ।