गोरखा– गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर सर्वसाधारणका लागि अाजबाट खुल्ला गरिएको छ । मन्दिर पुनर्निर्माणका लागि यसअघि अस्थायी टहरामा पूजा गर्ने व्यवस्था मिलाइएको थियो । भूकम्पअघि दक्षिण पश्चिम ६ इन्च ढल्किएको मन्दिर २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुनर्निर्माण थालिएको हो ।
मन्दिरभित्र पूजा सुरु भएसँगै बुधबार मनकामनामा भक्तजनको भीड लागेको छ । ‘जुन ठाउँमा देवी उत्पति भएको हो, त्यहीं पूजा गर्न पाउँदा खुसी छौँ,’ मनकामनाका रामचन्द्र पोखरेलले भने, ‘मन्दिर आजबाट खुल्छ रे भनेपछि बिहानै आएर पूजाआजा गरेँ ।’
‘साइत जुराएर आजबाट भित्र पूजा चलाएका हौं,’ मुल पुजारी इन्सान थापाले भने, ‘भत्तजनले पनि कहिले खुल्छ भनिरहने, निर्माण कार्य सकिएर पूजा चलाउने अवस्थामा आएपछि आजको मितिदेखि साविककै ठाउँमा पूजाका लागि खुला गरेका हौँ ।’
मन्दिर पुनर्निर्माण सक्न करिब १४ करोड खर्च लागेको जिर्णोद्घार समिति संयोजक नरेन्द्र श्रेष्ठले बताए । सरकारले पुनर्निर्माणको लागि चार करोड उपलब्ध गराएको थियो । बाँकी रकम भत्तजनबाटै संकलन भएको श्रेष्ठले बताए ।
पुरानै स्वरुपमा मन्दिर पुनर्निर्माण गरिएको छ । ‘पहिलेको जस्तै सामग्री प्रयोग गरेर प्यागोडा शैलीमा मन्दिर निर्माण सक्यौँ,’ श्रेष्ठले भने ।