भच्चेक (गोरखा)- पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले हरेक स्थानीय तहमा २५ शैयाको अस्पताल स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
अजिरकोट गाउँपालिका स्थित भच्चेक बजारमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै उनले स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले राज्यले त्यसको ग्यारेण्टी लिनुपर्ने बताएका हुन्।
‘शिक्षा स्वास्थ्य जस्ता कुराबाट अब पनि जनता बिमुख भईरहनु निकै दुखःद कुरा हो’ गोरखा क्षेत्र नम्बर २ का सांसद समेत रहेका भट्टराईले भने ‘हरेक स्थानीय तहमा २५ बेडको अस्पताल खोल्ने जो निर्णय सरकारले गरेको छ, त्यो निर्णय अभिलम्ब कार्यान्वयन होस् भन्ने हाम्रो माग छ ।’
गाउँमा स्वास्थ्य सेवा उपलब्ध नहुँदा नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै उनले सरकारको निर्णय कार्यान्वयन गर्न अब ढिलाई गर्नु नहुने बताए ।
मुलक अहिले बिकास र समृद्धिको तिब्र पर्खाइमा रहेको भन्दै उनले राज्यले नागरिकका अनिवार्य आवश्यकता परिपूर्ती गर्नुपर्ने धारण व्यक्त गरेका छन । गाउँमा बिकासको लहर आउनका लागि स्थानीय जनतालाई सर्बसलुभ रुपमा राज्यले कर्जा प्रवाह गर्नुपर्ने उनको भनाई छ ।
‘यहाँ कुनै अबसर नहुने र यूवाहरु बिदेश लागि रहने हो भने हाम्रो देशको हालत के होला ?’ नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका उनले भने ‘बिदेशमा भएकाहरुलाई पनि यहाँ बोलाएर त्यहाँ सिप र पुँजी परिचालन गर्ने अवस्था राज्यले सिर्जना गर्नुपर्छ ।’
बिकास काममा दलिय राजनीति हावी हुँदा प्रतिफल निस्कन नसकेको भन्दै उनले बिकास निर्माणका काममा अनावश्यक हस्तक्षेप बन्द गर्नुपर्ने बताए । जनताका चाहाना र आवश्यकता अनुसार पूर्वाधार बिकासका काममा जोड दिनुपर्ने उनको भनाई छ । ‘बिकासका लागि साना तिना कुरामा अड्किने होइन’ उनले भने ‘रणनीतिक महत्व राख्ने बाटो घाटो, पुल पुलेसा, पानी, बिजुली, उद्योग तिर ध्यान दिनु पर्छ ।’
उत्तरी गोरखा अथाह जडिबुटीको भण्डार रहेको भन्दै पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले त्यसको उचित व्यस्थापन हुनुपर्नेमा जोड दिएका छन् । ‘उत्तरी गोरखा जडिबुटीको भण्डार हो तर करोडौंको जडिबुटी यसै बाहिर गइरहेको छ’ उनले भने ‘अब यहीँ प्रशोधन गर्ने व्यवस्था मिलाउनु पर्छ, त्यसका लागि राज्यको ध्यानाकर्षण गराउन चाहान्छु । अधिकाशं समय जिल्लाको बिकास निर्माण र सम्भावनाहरुका प्रति चिन्ता व्यक्त गरेका छन् ।
भच्चेक स्वास्थ्य चाैकीमा एम्बुलेन्स हस्तान्तरण, पूरा भयाे विनाेदकाे सपना !
अजिरकाेट-३, हंसपुर काफलडाडाँका (हाल अमेरीका) विनाेद अधिकारीकाे जन्मदिनकाे दिनमा याे अभियान सञ्चालन भएकाे थियाे । उनले थालेकाे अभियानमा खरिबाेटका पत्रकार लीलाधर काेइराला, खरिबाेट भज्याङका (हाल जापान) हेमन्त धिताल र हंसपुरकाे धादिङगाराका राजु गुरूङकाे पहलमा याे अभियानले सफलता हासिल गरेकाे हाे ।
याे एम्बुलेन्स भच्चेक लगायात खरिबाेट, हंसपुर, सिम्जुङ, मुच्चाेक र ध्याचाेकका स्थानियका लागी स्वास्थ्य सेवामा सहज पुहँच पुर्याउने उद्देश्यले याे अभियान सञ्चालमा गरिएकाे हाे ।
याे अभियानलार्इ डा भट्टरार्इ सहित प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी लगायातले अार्थिक सहयाेग गरेका थिए । फ्रान्सेली नागरिक मिस्टर चेरी र सिम्जुङका धन बहादुर गुरुङले पनि सहयाेग गरेका छन् ।
शनिवार आयोजित एक कार्यक्रमका विच डाक्टर भट्टराईले गाउँपालिका अध्यक्ष फणिन्द्र धिताललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । गोरखाको एक व्यपारिक केन्द्र मानिने भच्चेक क्षेत्रमा अस्पताल छैन् । यस अघि एम्बुलेन्स समेत नहुँदा त्यहाँका स्थानीयले निकै हैरानी पाएका थिए । एम्बुलेन्स सञ्चालन पछि अजिरकोट र सिरानचोक जनताहरु लाभाम्वित हुने विश्वास लिइएको छ ।
उक्त एम्बुलेन्स भच्चेक स्वास्थ्य चाैकी, भच्चेक माताहात हुने गरी गाउँपालीकालार्इ हस्तान्तरण गरिएकाे हाे । एम्बुलेन्स सञ्चालनका लागी गाउँपालीकाले बिशेष प्रकारले याेजना बनाउने बताएकाे छ ।