+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा पुगेर मन्त्री गुरूङले भने- ‘लार्के पास पर्यटन रुटको लागी प्रदेश सरकारले सयोग गर्छ’

पालिका लाइभ
२०७५ मंसिर ३, सोमबार १८:४० गते

गोरखा- गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले लार्के पासका लागि पर्यटन रूट बनाउन सहयोग गर्ने बताएका छन् ।

स्वारा-लाप्राक-गुप्सीपाखा हुँदै लार्के पासका लागि पर्णयटन रूट निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताएका हुन् ।

उनले लाप्राकको गुप्सीपाखामा ले निर्माण गरिरहेको नमूना बस्तीमा ढिलाई भएकोमा चिन्ता ब्यत गरे । लाप्राकमा बस्ती निर्माणको लागि काठको समस्या भएको हुँदा माताङ सामुदायिक वनसँग काठ उपल्बध गराउनको लागि पहल गर्ने बिश्वास दिलाए ।

धार्चगाउँ पालिका वडा न ४ मा आज तमु कोइपो भबन शिलान्यास गर्न आएका मन्त्री गुरूङले यहाँ भुकम्पपिडितसँग कुराकानी समेत गरेका छन् ।

धार्चेगाउँपालिका वडा न ४ का अध्यक्ष राज गुरुङको अध्यक्षता भएको कार्यक्रममा बारपाक सुलिकोट गाउॅपालिका अध्यक्ष बिष्णु भट्ट, एमालेका नेता यादव बस्नेत, बारपाक सुलिकोट गाउँ पालिका वडा न १ का वडा अध्यक्ष रोसन बिक,  वडा न २ का अध्यक्ष लाल गुरुङको पनि उपस्थिति रहेको थियो ।

भुक्मप पछि लाप्राकको सस्कार, संस्कृति हराउँदै गएकोले संरक्षण गर्न उदेश्यले भबन निर्माण गर्न लागिएको धार्चे गाउँ पालिका ४ का वडा अध्यक्ष राज गुरुङ ले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ