काठमाडाैँ- वैदेशिक राेजगारकाे शिलशिलामा राम्राे तलव पाउने अाशामा भिजिट भिसामा इराक पुगेका म्याग्दीका छविलाल पाइजामगर कुर्दस्तान प्रवासी नेपाली समाजकाे विशेष पहलमा अाज नेपाल पुगेका छन् ।
समाजका महासचिव विनाेद श्रेष्ठको नेतृत्वमा गठित समितिले उनलाई घर फिर्ताका लागि अाबश्यक रकम जम्मा पारेपछि उनी अाईतबार इराकबाट नेपालका गएका हुन् ।
६ बर्ष अगी इराक अाएका मगर पाँच बर्षअगि सिमेन्ट कम्पनीमा काम गरेका थिए । चारवर्षसम्म साेहि कम्पनीमा काम गर्दै अाएका मगरकाे एकबर्ष अगाडी भिसा सकिएपछि उनी नेपालीहरू बस्दै अाएका थिए । इराकमा नेपालीलार्इ वर्किङ भिसामा श्रम गरी अाउने अनुमति छैन्। भिजिट भिसामा अाएका मगरलार्इ अहिले नेपाल फर्काउन सफल भएकाे श्रेष्ठले बताए ।
२ बर्षअगि उनले काम गरेकाे कम्पनी बन्द भएपछि भिसा नविकरणमा समस्या भएकाे थियाे । त्यसपछि उनी अलपत्रमा परेका थिए । इराकमा पहिलेकाे जस्तै समस्या नभएपनि भिसा सकिएपछि कामकाे समस्या हुन्छ।
उद्वारमा नेपालका सदस्य तथा कुर्दिस्तान प्रवासी नेपाली समाजका बरिस्ठ महिला सदस्य देकि तामाङकाे विशेष सहयाेग रहेकाे उनले बताए । ‘नेपालकाे कुनैपनि नियाेक नभएकाले पनि उनलाई घरफिर्तीका लागि केहि असहज भएकाे थियाे’, उनले भने । इराकमा नेपाली कुनैपनि नियाेग छैन् ।
राम्राे तलव र दलालकाे फन्दामा परि दैनिक २०/२२ जनाका दरले नेपालीहरू इराकमा अाउने जानकारहर बताउछन् ।
इराकबाट विनाेद श्रेष्ठको सहयाेगमा