गाेरखा– जन्मजात अपाङ्ग गोरखा पालुङटार नगरपालिका- २ की अस्मिता नेपालीको उपचारको लागि फेसबुकबाट अभियान चलाएर उठेको १ लाख ५० हजार हस्तान्तरण गरिएको छ ।
१२ वर्षकी अस्मिता शारीरिक अपाङ्गताको कारण ओछ्यान बाहेक अरू कुनै संसार देखेकी पनि छैनन् । उनको दिशा-पिसाब देखि सबै ओछ्यानमा नै हुने गर्दछ ।
पाँच सन्तानको परिवार आमा मधेसी मुलुकी राम्रोसँग नेपाली बुझ्न पनि नसक्ने अवस्था छ । यति मात्र होइन, हजुरबुवा मूत्र थैलीको बिरामी हुन् भने बुवा कुस्ट रोगको बिरामी यो परिवारले कसरी गर्ला अपाङ्ग बालिकाको हेरचाह, कसरी चलेको होला परिवार १ पाँच जना सन्तान पनि कोही लुला-लँगडा त कोही बहिरा पनि छन् ।
सबै सन्तान एक न एक रोगले ग्रस्त छन् । यो परिवारको आए श्रोतको रूपमा हजुरबुवाको वृद्ध भत्ता बाहेक अरू केही छैन यस्तो अत्यन्तै पीडादायी र दुखमा जिवन निर्बाह गरिरहेका अस्मिता परिवारलाई अभियान्ता बर्षा ढकाल र दिनेश नेपालिले छोटो समय मा नै धेरै सहयोगी हातहरु प्राप्त गरेका थिए ।
शुक्रबार गोरखाको सदरमुकाम स्थित होटल मिराकलामा लायन्स क्लब तथा लियो क्लबको पद हस्तान्तरण कार्यक्रममाबीच अस्मिता नेपालीको बुवा सुरजी नेपालीलाई अभियानबाट उठेको १ लाख ५० हजार रुपैया हस्तान्तरण गरिएको हो ।
सामाजिक संजाल फेसबुकमा सामाजिक अभियन्ता वर्षा ढकाल र दिनेश नेपालीले अस्मिता नेपाली बचाऊ अभियान नै चलाएर यो रकम उठाएका हुन् । बिगत २ महिना देखि यो अभियान संचालन गरिएको र धेरै राम्रो सहयोग प्राप्त भएको भन्दै सामाजिक अभियन्ता वर्षा ढकाल अस्मिता नेपाली बचाऊ अभियानले सर्थाकता पाएको भन्दै खुशी ब्यक्त गरिन् । यो दिन आफ्नो लागि अत्यन्तै खुसि र थप जिम्मेवारी पनि प्राप्त भएको अभियान्ता बर्षा र दिनेशले जानाकारी गराए ।
लियो क्लब अफ गोरखामा पनि आवद्द अभियान्ता बर्षा ढकाल र दिनेश नेपालिले अब क्लबमा रहेर थप सामाजिक काम गर्ने पनि प्रतिबदत्ता जनाए । उक्त अभियानालाइ लियो क्लब गोरखाले सम्रक्षकको भूमिका निरबाह गरेको थियो ।
सहयोग रकम बुझ्दै पिडित अस्मिताका पिता सुरजी नेपालिले सबै सहयोगी हात प्रति धन्यबाद दिदै उक्त रकमको सहि ठाउमा सदुपयोग गर्ने कुराको जानाकारी पनि गराए ।