गाेरखा- जिल्लाकाे पालुङटार नगरपालिकाबाट केही समय अगि प्रहरीले बरामद गरेकाे १ लाख ८२ हजार रूपैयामा राजश्वमा दाखिला नगरी गायब पारीएकाे छ ।
पालुङ्गटार नगरपालिका ६ को कालामाटामा लक्ष्मी पुजाको राती (२२ गते बिहान २ः३० बजे) जुवा खेल्दै गरेका १८ जनालाई गोरखा प्रहरीले बिशेष शुराकीको सूचनामा पक्राउ गरेको थियाे ।
पक्राउ परेका सबैलाई अब देखी जुवा तास नखेल्ने र गाउँमा हो हल्ला नगर्ने शर्तमा कागज गराएर छाडेको स्राेतकाे दावी छ ।
यता, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले भने पक्राउ परेको स्विकार गर्दै रकम भने १ लाख ६०/६५ हजार मात्र भएको दावी गरेका छन् । उत्त रकम जिल्लामा प्रहरी उपरिक्षक नभएका कारण के गर्ने भन्नेमा अन्याेल भएकाे उनले दावी गरेका छन् ।
‘लक्ष्मी पुजाको राती हामी १० देखी ५० रुपैयाँ सम्मको जुवा खेल्दै थियौ । प्रहरीले बिहान २ः३० बजे एक्कासी हामीलाई पक्रियो र सदरमुकाम ल्यायो । हामी १८ जना संग के कति पैसा छ भन्दै सबै खोतल र रबरले बानेर राखे । भोली पल्ट हामीलाई अब देखी जुवातास नखेल्ने शर्त प्रहरी छाेड्याे’ जुवा खेल्ने मध्येका एककाे भनाई उद्वत गर्दै स्राेतकाे दावी छ ।