श्रीनाथकाेट (गाेरखा)- सिरानचाेक गाेपालिका-७, श्रीनाथकाेटमा वडा स्तरिय विपद व्यावस्थापन समित गठन भएकाे छ । वडा अध्यक्षकाे अध्यक्षतामा वडा भित्रका विभन्न सरकारी निकायहरु तथा गैरसरकारी संघसंस्थाकाे प्रतिनिधित्व हुने गरि २७ सदस्ययी वडा स्तरिय विपद व्यावस्थापन समित गठन भएकाे हाे ।
गाेरखा जिल्ला सन्चालित स्वारा सघन गाउँ विकास केन्द्र र प्रयास-२ समन्ववयमा वडा कार्यलयमा अायाेजना गरिएकाे एक कार्यक्रमका बीच साे विपद व्यावस्थापन समित गठन गरिएकाे हाे । वडा अध्यक्ष सुरज ढकालकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रममा विभिन्न विद्यालयका प्र अ, स्वास्थ्य चाैकीका प्रमुख, रेडक्रस, अन्य संघसंस्थथाकाे प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा जिल्ला विपद प्रतिकार्य टाेली (डि डि अार टी) सदस्य तथा रेडक्रस श्रीनाथकाेट उपशाखा सभापति मेघ विलास ढकालले विपद व्यावस्थापन समितलाई व्यावस्थित गर्न र विपदमा परिचालन गर्न केही ज्ञान तथा सिपमुलक तालिम सन्चालन गर्नु पर्ने , सिमुलेशन सहितकाे तालिम दिनु पर्ने, समुदायलाई विपद पुरव तयारी, न्युनिकरण र विपद पछिकाे प्रतिकार्य गर्ने सक्ने जिम्मेवारपुर्ण टाेली निर्माण गर्नुपर्ने र विद्यालय तथा समुदायमा विपद प्रतिकार्य टिम तयार गर्नु पर्नेमा विशेष जाेड दिएका थिए ।
वडा अध्ययक्ष सुरज ढकालले अब विपदमा भएकाे अन्याैलता हटाउन र विपद बारे पुर्व तयारी गर्न विभिन्न संघसंस्थासग समन्वय गरि बृहत् कार्ययाेजन वडाले बनाइ अगाडि बढ्ने प्रतिबद्दता व्यक्त गर्दै सहयाेग र सहकार्य गरि अगाडि बढ्ने सबैलाइ अनुराेछ गरेका थिए ।