इराक– नेपालीहरूकाे महान चाड विजया दशमी, शुभ दिपावली तथा छडकाे अवसर पारी प्रवासमा सांस्कृतिक कार्यक्रम भएकाे छ ।कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तानकाे सयुक्त अायाेजनामा याे कार्यक्रम भएकाे हाे ।
‘रितिरिवाज नभुलाै, संस्कृतिकाे जगेर्ना गराैँ, हामी नेपाली हाम्राे नेपाल’ भन्ने मुख्य उद्देश्यका साथ यस्ताे खालकाे कार्यक्रम अायाेजना गरिएकाे अायाेजक विनाेद श्रेष्ठले बताए ।
नेपाली महिला समाज कुर्दिस्तानकी अध्यक्ष सानु शेर्पाकाे सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएनका भुतपुर्व अध्यक्ष , FWCDO का हामा हजार महम्मदसाथ साथै नेपाल तामाङ घेदुङ इराकका पदाधिकारी लगायत स्थानिय कलाकारहरु को हात बाट दिप प्रज्वलन गरि कार्यक्रम को उद्घाटन गरिएको थियो।
कार्यक्रम संयोजक राजिब थिङको स्वागत मन्तब्य पश्चात् प्रमुख अतिथी र बिशेष अतिथिहरु ले स्वागत मन्तब्य दिएका थिए। प्रमुख अतिथी लालकाजी गुरूङले बिजया दशमीको शुभकामना दिदै भने ‘हामी धेरै जात जाती भए पनि हामी नेपाली हौं र हामी सबैले मिलेर बडा दसैं मनाउदै छौं ‘ प्रवासमा रहेर पनि यसरी बिजया दशमी मनाउने अवसर मिलाइदिएकोमा उनले अायाेजक संस्थालार्इ धन्यबाद दिए साथ साथै प्रवासमा दुख पीडामा पर्दा मलम लगाउने काम यस संस्थाले गरिरहेकोले खुशी लागेको भन्दै अझै यस्ता कार्य गर्दै अगाडी बढ्न सुझाव दिए ।
कार्यक्रममा स्थानिय कलाकारहरुद्वारा नृत्य प्रस्तुत गरिएको थियो । पाँच सय भन्दा बढी नेपालिहरुको उपस्थिति थियो । कार्यक्रम सिटि एक्सप्रेस मनि ट्रान्सफर को प्रायाेजकमा भएकाे हाे भने हिमालयन शेर्पा युनिक ग्रुपकाे बिशेष सहयाेगीका रूपमा भएकाे हाे । याे कार्यक्रमकाे मिडिया पार्टन गाेरखा सन्देश डटकम रहेकाे छ ।