गोरखा– नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले कसैलाई राजीनामा गराएर रिक्त स्थानमा आफूले उपनिर्वाचन नलड्ने बताएका छन् ।
शनिवार गोरखामा आयोजित एक कार्यक्रममा उनले कसैले प्रस्ताव गरे पनि आफू उपचुनाव नलड्ने बताएका हुन्।
‘उपनिर्वाचनमा लड्ने मेरो कुनै योजना छैन’ उनले भने, ‘कसैले प्रस्ताव राखे पनि म स्वीकार गर्दिन।’ ‘उपनिर्वाचन लडेर संसदमा आउने मेरो कुनै योजना छैन’ उनले भने, ‘कसैले प्रस्ताव गरे पनि म स्वीकार गर्दिन ।’ जिल्लाको सिरानचोक गाउँपालिकाको चोरकाटेमा आयोजित कार्यक्रममा श्रेष्ठले सरकारबारे समग्र मूल्याङ्कने गर्ने बेला भई नसकेको तर्क गरे ।
फरक प्रसंगमा उनले चुनावी घोषणापत्रमा उल्लेख गरेर पनि चालु आर्थिक वर्षमा वृद्ध भत्ता नबढ्नुमा प्राविधिक कारण रहेको उल्लेख गरे । पाँच वर्षभित्र मासिक भत्ता पाँच हजार बनाइने प्रतिबद्धता उनले जनाए ।
‘सरकार बनेको भर्खर सात महिना भएको छ, काम गरेन भन्ने बेला भएको छैन’, उनले भने, ‘वृद्ध भत्ता पाँच वर्षमा पाँच हजार पुग्छ ।’ उनले सरकारले काम गरिरहेको दाबी गर्दै परिणाम आउने बेला भएको बताए ।
नेकपा एमाले र माओवादी केन्द्रबीचकाे पार्टी एकताका सुधार मध्यका हुन्- वामदेव गौतम र नारायणकाजी श्रेष्ठ। जतिखेर दुवै पार्टीबीच एकता हुने घोषणा गरेर वाम गठबन्धन चुनावमा होमियो, गत वर्ष। तर, ती दुवै नेताले पराजय भोगे।
उनी श्रेष्ठ प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा गोरखा २ मा नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।
प्रतिक्रिया