+
Search

ताजा अपडेट +

पपुलर +

आईसीसी टी–२० विश्वकप छनोटको उपाधि जितेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

पालिका लाइभ
२०७५ आश्विन २७, शनिबार १७:११ गते

काठमाडौं- आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ ।शनिबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाली टोलीको स्वागतका लागि कुनै पनि खेल पदाधिकारी एयरपोर्ट पुगेका थिएनन् ।

विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले कमजोर टोली सम्मिलित प्रतियोगिता भए पनि आफूहरुले जोखिम लिन नचाहेकाले सिनियर टोली गएको बताए ।

कप्तान खड्काले प्रतियोगितामा नयाँ र जुनियर खेलाडीहरुका लागि परीक्षण भएको धारणा राखे । साथै अवको प्रतियोगितामा बलिया टोलीबिरुद्ध खेल्नुपर्ने र त्यसका लागि अहिलेदेखि नै राम्रो तयारी गर्नुपर्ने बताए ।

कप्तान खड्काले तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका प्रदीप ऐरीको प्रदर्शनबाट सन्तुष्ट रहेको तथा ललित राजवंशीले पनि आफूलाई प्रमाणित गरेको बताए ।

मलेसियामा भएको प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जितेको हो । नेपालले म्यानमार, थाइल्याण्ड, मलेसिया, चीन र भुटानलाई हराएको थियो भने सिंगापुरबिरुद्धको खेल वर्षाका कारण रद्ध भएको थियो ।

एशिया उपक्षेत्रीय छनोट बी बाट नेपालसहित मलेसिया र सिंगापुर अर्को चरणमा पुगेका छन् । उपक्षेत्रीय छनोट ए बाट युएई, कतार र कुवेत अर्को चरणमा पुगेका छन् । अब यी ६ टोलीबीच एशिया छनोट हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ