गोरखा- चितवन रत्ननगर नगरपालिका-१५, घर भई हाल हङकङ बस्दै आएका आकाश बन्जारले गोरखाको महेन्द्र माध्यमिक विद्यालयमा रहेका विद्यार्थीहरूका लागि पाँच थान फिल्टर प्रदान गरेका छन् ।
विद्यालयमा रहेका बालबालिकाहरूले शुद्ध पानी पिउन पाउनुपर्छ भन्ने मान्यता सहित बन्जारले जार सहितको फिल्टर प्रदान गरेका हुन ।
विद्यालयका कक्षाकोठामा राखेर विद्यार्थीहरूले फिल्टर गरेको पानी पिउन पाउने भएका छन् । फिल्टर प्रदान गर्ने बन्जार प्रति विद्यालयले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगका लागि स्वागत गर्ने विद्यालयका सहायक प्रधानाध्यापक भिमनारायण मल्लले बताए ।
विद्यालयमा फिल्टर प्राप्त भए पछि शुद्ध पानी पिउन पाइने भन्दै विद्यार्थीहरू खुसी भएका छन् । विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्मका विद्यार्थी हरूको रोहबरमा सामग्री हस्तान्तरण गरिएको पत्रकार राजेन्द्र न्यौपानेले बताए ।
सामाजिक सेवा भावका धनी बन्जारले आगामी दिनमा फेरि ताइवान एकता समाजको सहयोगमा पुन सकेको सहयोग गर्ने बताएका छन् । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १२ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा अधिकांश कुमाल समुदाय सहित विभिन्न समुदायका ७५१ जना बालबालिकाहरू अध्ययन गर्दै आएका छन् ।
प्रतिक्रिया