+
Search

ताजा अपडेट +

पपुलर +

६३औं प्रहरी दिवस : गाेरखामा विविध कार्यक्रम गरी मनार्इयाे

पालिका लाइभ
२०७५ आश्विन २५, बिहीबार

गाेरखा- नेपाल प्रहरीले आफ्नो ६३औं दिवस मनाएको छ। जिल्ला प्रहरी कार्यालय गाेरखामा विशेष कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो।कार्यक्रममा अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली तथा श्रद्धासुमन समेत अर्पण गरिएको थियो।

कार्यक्रममा गाेरखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टरार्इले नेपाल प्रहरीलाई समय अनुसार साधन र स्रोतमुखी बनाउँदै लैजाने बताए। कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी, प्रहरी कार्यालय र अमर प्रहरीको परिवारलाई सम्मान गरिएको थियो।

कार्यक्रममा  जिल्ला अदालत गोरखाका न्यायाधिश वसन्तराज पौडेल, ११ वटै स्थानिय तहमा जनप्रतिनिधि लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ