गोरखा- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाई बनेको बताएका छन् । गोरखामा आयोजित जिल्ला पार्टी कार्याकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
संविधानसभाको निर्माण, संविधानसभाबाट संविधान, संघीय संरचना अन्तर्गतका स्थानीय सरकारका निर्वाचन, कम्युनिष्ट पार्टी नेतृत्वको सरकार, दुई ठूला पार्टीबीचको एकता नेपालको इतिहासमा दूरगामी महत्व राख्ने परिघटना भएको भन्दै उनले ‘प्रतिक्रान्तिकारीहरु पहिलेको भन्दा अझ शक्ति लगाएर सत्ता फिर्ता गर्न चाहिरहेकाे दावी गरे ।
‘प्रतिक्रियावादी भनेर मैले कसलाई भन्न खोजेको भनेर तपाईँहरुले बुझिहाल्नुभएको छ’, अगुवा कार्यकर्ताहरुलाई उनले भने, ‘पार्टी एकता ऐतिहासिक अवसर हो, यो कुनै प्रतिक्रियावादी र अवसरवादीहरुले दया–माया गरेर दिएको होइन, कसैले चाहँदैमा यो एकता कमजोर बन्दैन ।’
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लगायत गण्डकी प्रदेशका पदाधिकारीसहितका नेता–कार्यकर्ता सहभागी प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफ्नै कमजोरीका कारण भने पार्टी कमजोर बन्न सक्ने दावी गरे । ‘आफूभित्रका गुटबन्दी, अराजकता र स्वार्थलाई नियन्त्रण गर्न सकेनौं भने हामी कमजोर हुन्छौं’, उनले भने, ‘अब हामीलाई हराउन सक्ने भनेको हाम्रै कमजोरीले मात्रै हो ।’
सुरू भयाे सस्तो बजार तथा सडक मेला
गोरखा सदरमुकाममा ‘दशै सस्तो बजार तथा सडक मेला’ उद्घाटन गर्न गाेरखा अाएका उनले कार्यकतालार्इ समेत पशिक्षण दिएका हुन् । दशै तिहार र छडलार्इ मध्यनजर गरेर । गोरखा चेम्बर अफ कमर्सले याे मेला अायाेजना गरेकाे हाे ।
गाेरखाकाे रङंशालामा चलिरहेकाे मेलामा १ सय ३० वटा स्टल रहेकाे अायाेजकले जनाएकाे छ । १० दिनसम्म चल्ने मेलामा ४० देखि ६ण हजारले अवाेलकन गर्ने र ६ कराेडकाे काराेवार हुने अायाेजककाे दावी छ ।
मेलामा खसी बोका बिक्रि, उत्तरी गोरखाको आलु, भिर मौरीको मह, दुधका विभिन्न परिकारहरु, केराका विभिन्न परिकारहरु, विभिन्न जातजातीका पहिचान झल्कने खानाका परिकारका स्टलहरु उपलब्ध छन् ।