काठमाडाैँ – सन् २०२० का लागि आजदेखि डिभी चिठ्ठा खुल्दैछ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन बेलुकीदेखि खुल्ने काठमाण्डुस्थित अमेरिकी दूतावासले जनाएको छ ।
डिभी चिठ्ठा भर्न कुनै शुल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ । डिभी भर्न परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन तर, रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ ।
आफै डिभी भर्न चाहनेहररूले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर आवेदन भर्न सक्ने छन् । डिभी भर्ने म्याद आगामी कात्तिक २० गतेसम्मका लागि तोकिएको छ ।
अघिल्लो वर्ष डिभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न नपाइने अमेरिकी दूतावासले जनाएको छ । अनलाइनमा उल्लेख भएको फोटोसम्बन्धी नियमलाई पूर्णतः पालना गर्न र डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न दूतावासले आग्रह गरेको छ ।