गाेरखा – पालुङटार नगरपालिका नगर कार्यपालिकाको कार्यालयले उपभोक्ता संरक्षण समिति मार्फत पालुङटारमा रहेका बजार तथा पसलहरूमा उपभोक्ता हित संरक्षण सचेतना कार्यक्रम विहिबार गरेको छ ।
‘प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सामानको उपलब्धता, उपधभोक्ता हित संरक्षणमा पाल’ङटारवासीको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ याे कार्यक्रम सुरू गरिएकाे नगरपालिकाले जनाएकाे छ ।
नगरपालिकाका उप प्रमुख पम्फा बसेल, पालुङटार नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट, पालुङटार नगरपलिका वडा नं. ५ का वडा अध्यक्ष दिपक पाण्डे, पालुङटार नगरपालिका प्रशासकिय अधिकृत हर्क बहादुर रोका, पालुङटार उद्योग बाणिज्य संघ, इलाका प्रहरि कार्यलय ठाँटिपोखरी र पत्रकारहरूको रहोबरमा बजारमा सबै पसल तथा उपाभोक्ता, व्यापारि सबैलाई सचेतना मूलक कार्यक्रम गरेको छ ।
उपभोक्ता संरक्षण ऐन ५४ ले उपभोक्तालाई प्रदान गरेको अधिकारका बिषयमा जानकारी दिएका थिए । उपभोक्ताले ध्यान दिनुपर्ने कुराहरू साथै उत्पादकले उपभोग्य वस्तुको लेवलमा अावश्यक कुराहरू अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने बिषयमा पनि जनाकारी गराइएको छ ।
व्यापारिले ध्यान दिनु पर्ने कुराहरू आदिको बिषयमा जनाकारी गराईएको थियो । यस कार्यबाट नगरपालिकाले थप राजश्व उठाउन मद्धत पुग्ने सथै बजार व्यवस्थित बन्ने अपेक्षा गरिएको कार्यक्रममा सहभागिहरूले बताएका छन् । संविधानको धारा – ४४ मा उपभोक्ताको हक व्यवस्था गरिएको छ ।